ताजा अपडेट »

शैलुन व्यवसायमा ‘जमेकी’ बुटवलकी मोनिका

शुक्रबार, १९ साउन २०८०, १७ : १३
34 Shares

बुटवल । बुटवल उपमहानगर–१२ की मनिका क्षेत्री सबेरै शैलुनमा भेटिन्छन्। राति अबेरसम्म पनि उनी कपाल काटिरहेकी हुन्छिन् । ३५ वर्षीय मोनिका क्षेत्रीको कामप्रतिको जाँगर कत्ति घटेको छैन। उनको हँसिलो अनुहार र मिजासिलो व्यवहारले ग्राहक आकर्षित गर्छ। केही नयाँ कुरा सिक्न खोज्ने, सकेसम्म छिटो सेवा दिने उनको स्वभाव हो। यही कारण उनको शैलुनमा भीड लाग्छ ।

बाग्लुङमा जन्मिएकी मोनिकाको सानै उमेरमा बुटवलको नयाँगाउँमा इण्डियन आर्मी गगनबहादुर क्षेत्रीसँग विवाह भयो । विवाह पछि उनले श्रीमानसँग ब्युटिपालर सिक्ने इच्छा व्यक्त गरिन् । उनको इच्छालाई श्रीमान् गगन र सासुले सहज रुपमा स्वीकार गरे पछि बुटवलकै एक ब्युटिपालरमा बेसिक तालिम लिइन् ।

‘मलाई सानै उमेरदेखि नै शैलुनसम्बन्धी काम गर्न धेरै नै मन पथ्र्यो । विवाह पनि सानै उमेरमा भएको थियो ।’–उनले भनिन् ‘विवाहको केही महिना पछि नै ब्युटीपालर सम्बन्धी काम सिक्छु भनेर श्रीमान विदामा आएको बेला कुरा राखेकी थिए । उहाँ र सासु आमाले एकै बचनमा नै हुन्छ भन्नु भन्नु भयो । त्यस पछि बुटवलमा बेुिसक काम सके, एण्भान्स भने काठमाडौँ र भारतमा गएर सकिकी हुँ । श्रीमान्ले सहयोग नगरेको भए म अहिले यहाँ आउन पक्कै पनि सक्ने थिइन् ।’

राम्रोसँग काम सिकेपछि ब्युटिपार खोल्ने सोचँ उनमा थियो । श्रीमान् इण्डियन आर्मि भएकाले व्युटिपालर खोल्नका लागि पैसाको कुनै चिन्ता पनि गर्नु परेन् । २०७० साल फागुन २५ गते मा उनले बुटवलको अमर पथमा करिब ३ लाखको लगानीमा मनिका ब्युटि केयर एण्ड कस्मेटिकको सुरु गरिन् ।

‘काम सिकेर दक्ष भए पछि आफै ब्युटिपालर खोल्ने योजना त थियो नै । सुरुमै धेरै लगानी गरेर खोल्नु भन्दा सानोबाट नै काम सुरु गरे सफल भइन्छ भनेर बुटवलको अमरपथमा सानो ठाउँमा नै मोनिका ब्युटि केयर एण्ड कस्मेटिक संचालन गरेँ ।’–उनले भनिन् । स्थापनाको छोटो समयमा नै ब्युटि केयर एण्ड कस्मेटिकबाट राम्रौ आम्दानी भएपछि यसलाई थप स्तरीय र व्यस्थित गर्दैै जाने सोचँ बनाइन् । तर, धेरै लगानी गरेर सर्ने आँट उनमा आएन् ।

जब उनका श्रीमान इण्डियन आर्मीबाट रिटायर भएर आएपछि गत वर्षको फागुनमा आधुनिक र स्तरिय डिजाइनसहित बुटवलको विपि चोकमा उनले आफ्नो व्यवसाय सारिन् । बुटवलको अमर पथबाट विपि चोकमा सरेपछि मोनिका ब्युटि केयर एण्ड कस्मेटिकको नामलाई परिवर्तन गरि मोनिका युनिसेक सलुन एण्ड एकेडेमी राखिन् । ‘मैले सोचे भन्दा धेरै नै राम्रो हुँदै गहिरेको थियो । अन्य ठाउँमा सर्नका लागि लगानी पनि धेरै लाग्ने भएकाले म एक्लै आटँ गर्न पनि सकिन् ।’– उनले भनिन् ‘श्रीमान् पनि रिटाएर भएर आउनु भयो । उहाँलाई पनि यस सम्बन्धी सामान्य काम सिकाए । त्यसपछि गत वर्षको फागुनमा व्यवस्थि रुपमा नै विपि चोकमा सर्यौँ ।’

सुरुमा लेडिजहरुको मेकअप, कपाल काट्ने लगायतका काम गरेकी मनिका अहिले जेन्सहरुको पनि मेकअप लगायतका काम गर्ने गर्छिन् । पहिला नै आफुले लेडिज र जेन्स दुबैको काम गर्न सक्षम भए रहे पनि आफुलाई एक्लै असहज लागेर नगरेको बताउँछिन् । ‘पहिला म मात्रै थिए । एक्लै जेन्सको काम गर्ने आँट आएन् । अहिले श्रीमान् भएपछि लेडिज जेन्स दुबैको काम सहज रुपमा नै गर्छु ।’

आफु शैलुन पेशाबाट धेरै नै सन्तुष्ट हुनुका साथै आम्दानी पनि राम्रै भएको बताउँछिन् । ‘म शैलुन पेशाबाट धेरै नै सन्तुष्ट छु । सँगै यसबाट आम्दानी पनि राम्रै भएको छ ।’– उलने भनिन् । उनको शैलुनमा अहिले १० जनालले रोजगारी समेत पाएका छन््। अहिले शैलुनमा २५ जना विद्यार्थीलाई काम सिकाइरहेको समेत उनले बताइन् ।

सिक्ने इच्छा भएका तर, आर्थिक अवस्था कम भएकालाई सहुलियता नै काम सिकाउने गरेको बताउँछिन् । ‘सिक्ने इच्छा धेरै भए पनि आर्थिक अवस्था कमजोर भएकाहरुको लागि उनीहरुको पारिवारिक अवस्था बुझेर सहुलियता दरमा नै सकाएकी छु ।’– उनले भनिन् ‘राम्रोसँग सिकेर काम गर्नेलाई यहि काम पनि राखेकी छु ।’

स्किन केयर खोल्ने तयारी
शैलुनसँगै स्किन केयर पनि संचालन गर्ने तयारीमा रहेकी छिन् मोनिका । विशेषज्ञ डाक्टर राखेर अबको केही महिनामै स्किन केयर संचालन गर्न लागेको उनी बताउँछिन् ।

अहिले शैलुन संचालन गरिरहेको ठाउँमा स्किन केयर संचालन गर्नका लागि ठाउँ नपुगे भए पछि नजिकै स्थान खोजिसकेको उनी बताउँछिन् । ‘शैलुनसँगै अब स्किन केयर पनि थप गर्ने तयारीमा छु । त्यसका लागि यहाँ ठाउँ नपुग्ने भएर शैलुनको नजिकै ठाउँ पनि लिइसकेको छ ।’–उनले भने ‘अहिले डेकोरेशनको काम भइरहेको छ । अबको एक डेढ महिना पछि संचालन हुन्छ ।’

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।