७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

काठमाडाैं । यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भइसकेका छन् । यस्तै, नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छिन् ।

Advertisement

शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन सुरक्षा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरुको लाइनअप पुरा हुन लागेको निर्देशक शेर्पाले जानकारी दिए । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । फिल्ममा उनी स्वयंको लेखन (कथा, पटकथा तथा संवाद) रहेको छ । यसअघि शेर्पाले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।

फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । तिहार लगतै छायांकन गरिने यस फिल्मको बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिने निर्माण पक्षले बताएको छ ।

फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स छायाकंनअगावै महँगो रकममा बिक्री पनि भइसकेको छ । यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको हो । फिल्मको निर्माण पक्ष र सेभेन सिज कम्पनीबीच केही दिन अघि आधिकारिक सम्झौता भइसकेको छ ।

फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स (रोहित-रत्न)ले लिएको छ । ओभरसिज राइट्स विक्री भएसँगै नेपाल र विदेश एकसाथ फिल्मलाई प्रदर्शन गर्ने निर्देशक शेर्पा बताउछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल