ताजा अपडेट »

चावहिलका नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आइतबार, १४ साउन २०८०, १६ : ०९
46 Shares

काठमाडौं। काठमाडौंको नापी कार्यालय चावहिलमा कार्यरत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

२०७९ असार मसान्तसम्म १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँबराबरको सम्पत्तिको वैधानिक स्रोत नखुलेपछि पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेकाले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।