ताजा अपडेट »

सुन तस्करीमा संलग्न आशंकामा सामाखुसीबाट थप एकजना पक्राउ

आइतबार, १४ साउन २०८०, ११ : ५६
24 Shares
आइतबार, १४ साउन २०८०
24 Shares

काठमाडौँ । सुन तस्करीमा संलग्न आशंकामा राजस्व अनुसन्धान विभागले सामाखुसीबाट थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दावा छिरिङ छन् । सशस्त्र प्रहरी बलको सहयोगमा उनलाई पक्राउ गरिएको राजस्व अनुसन्धान विभागका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

हङकङबाट ‘रेडी ट्रेड प्रालि’ ले मगाएको करिब १ सय किलो सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेरको थियो । सुन तस्करीमा संलग्न आशंकामा छिरिङसहित पक्राउ पर्नेहरुको संख्या १८ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।