७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

दाङ । कुनै समयमा व्यापार व्यवसाय धेरै हुने नाकाको रूपमा पहिचान बनाएको कोइलाबास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रूपमा परिचित हुन थालेको छ । व्यापार व्यवसायको लागि सामान आयात र निर्यात गर्ने भन्दा भारतीय नेपाल आउने र नेपाली भारत जाने नाकाको रूपमा स्थापित हुन थालेको हो ।

Advertisement

कोइलाबास भन्सार कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को राजस्व सङ्कलन विवरणले पनि भारतीय नेपाल भित्रिने नाकाको रूपमा विकास भएको देखाएको छ । जसले गर्दा भन्सार कार्यालयमा राजस्व सङ्कलनको दर पनि बढेको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा पाँच गुणा बढी राजस्व सङ्कलन गरेको छ । २१ लाख ३९ हजार राजस्व सङ्कलनको वार्षिक लक्ष्य थियो तर भन्सार कार्यालयले एक करोड एक लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । यो राजस्वको स्रोत व्यापार व्यवसायको सामग्री भित्रिएबापत नभई अस्थायी पैठारी अर्थात् भारतीय सवारी साधन नेपाल आएबापत तिरेको राजस्व हो । ‘नेपाल र भारत दुई सरकारबिच कोइलाबास नाकालाई चलायमान बनाउन समझदारी हुन जरुरी छ’, कोइलाबास भन्सार कार्यालयका प्रमुख दीपक शर्माले भने, ‘नेपालबाट सामान भारत पठाउन सकिन्छ तर भारतीय भन्सार कार्यालयमा कर्मचारी नबस्दा समस्या भएको छ ।’ कोइलाबासले गत वर्षको राजस्वको लक्ष्य पाँच महिनामै पूरा गरेको छ ।

साउन, भदौ, असोज, कार्तिक र मङ्सिर महिनाभित्रै राजस्वको लक्ष्य पूरा भएको थियो । स्वर्गद्वारी दर्शन र अन्य ठाउँको भ्रमणका लागि कोइलाबास नाका भएर मोटरसाइकल, कारमा आउने पर्यटकको सङ्ख्या बढेको छ । जसले गर्दा अस्थायी पैठारीबाट राजस्व सङ्कलन बढेको हो । आर्थिक वर्ष २०७८/०७९ मा १४ लाख ७८ हजार लक्ष्य थियो । लक्ष्यभन्दा दोब्बर ३१ लाख ३४ हजार राजस्व सङ्कलन भएको थियो । कोरोना भाइरसका कारण भने २०७७÷०७८ मा राजस्व सङ्कलन दर ह्वात्तै घटेको थियो । लक्ष्य १२ लाख ६१ हजार भएकोमा जम्मा ४७ हजार राजस्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षमा सबैभन्दा बढी पुस र जेठ महिनामा १५ लाख राजस्व सङ्कलन भएको छ । पुस र जेठ महिनामा स्वर्गद्वारी जाने भारतीय पर्यटक बढी आएकाले राजस्व सङ्कलन पनि बढेको कार्यालयले जनाएको छ ।

भारतीय पर्यटकका लागि सबैभन्दा सहज र सरल बाटो भएकाले राजस्व सङ्कलन बढेको कार्यालयले जनाएको हो । कोइलाबास नाकाबाट विशेष गरी नेपाल आउने यात्रुले प्रयोग गर्ने सवारी साधनबाट राजस्व उठाउने गरिएको छ । २४ घण्टाको लागि एउटा मोटरसाइकलले दुई सय रुपैयाँ तिर्नु पर्ने हुन्छ भने जिप, कारले ६ सय, मालबाहक खाली ट्रकले एक हजार सात सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसवर्षदेखि अस्थायी पैठारीको राजस्व समेत बढेको छ । गत वर्ष मोटरसाइकलको १५०, कार जिपको ५ सय रुपैयाँ थियो । दाङ, रोल्पा, प्युठानको लागि पैठारी हुने व्यापारिक सामान कोइलाबास नाकाबाट खासै भित्रिएको देखिँदैन । व्यापारीका लागि सबैभन्दा छोटो नाका परे पनि आकर्षित भएको देखिएको छैन ।

कोइलाबास नाकालाई दिगो रूपमा सञ्चालन गर्न राजनीतिक नेतृत्वबाट पहल हुन आवश्यक छ । नेपाल र भारत दुई देशबिच जि–टु–जीको माध्यमबाट नाकालाई दिगो रूपमा सञ्चालनको पहल गर्नुपर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल