६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

गुल्मी । प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचार बिरुद्धको अभियानलाई तीब्र पार्दै गएपछि जनस्तरबाट जनसमर्थन जुटन थालेको छ । जनसमर्थनलाई थप ब्यापक बनाउने माओवादी केन्द्रसहित सत्तारुढ दलका कार्यकर्ताहरुले पनि विभिन्न कार्यक्रमहरु अगाडी गरेका छन् ।

Advertisement

यहि क्रममा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी ) गुल्मी जिल्ला संगठनले पनि शुक्रबार सरकारको भ्रष्टचार बिरुद्धको अभियानमा जनसमर्थनका लागि बृहत नागरिक हस्ताक्षर अभियान शुक्रबारदेखि छेडेको छ ।

सदरमुकाम तम्घास स्थित जिल्ला प्रशासन अगाडी अखिल क्रान्तिकारीका कार्यकर्ताले आयोजना गरेको हस्ताक्षर अभियानमा सबै राजनैतिक दलमा आश्था राख्ने किशोर किशोरीदेखि बृद्ध बृद्धा , गरिवदेखि सम्पन्नसम्म र सामन्य साक्षरदेखि पुर्व प्राध्यापकद्वय शशि पन्थी, दीन पन्थी सम्मले सरकारको भ्रष्टचार बिरुद्धको अभियानलाई स्वागत गर्दै हस्ताक्षर गरेका थिए ।

सरकारले भ्रष्टचार बिरुद्धको सुरुवात स्वागत योग्य गरेको छ , तर यसरी नै अगाडी बढेर भ्रष्टचारको जरो सम्म पुग्न सक्छ कि सक्दैनन ? भन्ने कुरामा भने शंकै छ ।’ पन्थीले भने ।

हस्ताक्षर पछि नेकपा एमाले पार्टीमा आस्था राख्ने तम्घासका ब्यवसायी जनक पन्थले भ्रष्टाचार बिरुद्ध सबै पक्ष अझ जोडले लाग्नु् पर्नेम जोड दिए । तम्घासको फ्टपाथमा सामन्य ब्यवसाय गरेर बसेका धुर्कोटका ७४ वर्षीय बृृद्धले भने पहिला पहिला पहिलाका सरकारले भ्रष्टभचार बिरुद्ध कदम चाल्छौ त भन्थे र अलिअली समाते जस्तो त गर्थे तर बिच मै रोकिन्थे, अहिलेको सरकारले पनि नरोक्किन धमाधम भ्रष्टचारीहरु समातेको छ , अझै समात्नु पर्छ । कार्यक्रममा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष राजन घिमिरेले भ्रष्टचार बिरुद्धको वर्तमान सरकारको अभियानलाई गाउँ गाउँ टोलसम्म पुराउन आफुहरु जुटेको बताए । त्यस्तै सो संगठनका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज भरत चन्दले सबै पार्टीका विद्यार्थीहरु भ्रष्चार बिरुद्धको यो महाअभियानमा एक ढिका भएर सरकारलाई साथ दिनु पर्ने बताए ।

सो संगनको माउपार्टी माओवादी केन्द्र गुल्मीका सचिव अशोक थापाले अखिल क्रान्तिकारीको विध्याथीहरु र वाईसियलका युवाहरु योजनाबद्ध रुपमा स्थानीय स्तरमा हुने अनियमित्ता र अन्य वेतिथी बिरुद्ध जुटेको र अहिले छानविनकै क्रममा रहेको बताउँदै संगठानिक काार्वहीको तयारीमा समेत रहेको बताए ।

सुशासन प्रचण्ड सरकारको सरोकार, भ्रष्टार बिरुद्ध नागरिक हस्ताक्षर ’ भन्ने मु्ल नाराका साथ नागरिक हस्ताक्षर सहित सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे मार्फत प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टचार बिरुद्धको अभियानबाट कुनै पनि हालतमा पछाडी नहडन अखिल क्रान्तिकारीले ज्ञापनपत्र पठाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

भाटभटेनीलाई झापाली जनताको उत्साहजनक साथ, बिर्तामोड स्टोरमा छुट यथावत प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य