ताजा अपडेट »

पाल्पाको ढोलीमारामा सहकारी सञ्चालन र व्यवस्थापन तालिम

विहीबार, ११ साउन २०८०, १८ : ११
46 Shares

पाल्पा । सहकारी सञ्चालन र व्यवस्थापनका लागि टीमबिल्डिङ्ग तालिम बिहिवार पाल्पाको ढोलीमारामा सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिका–२ जल्पामा रहेका जनसेवा स्वाबलम्वन विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जल्पादेवी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शुभसन्देश महिला कृषि सहकारी संस्था लिमिटेड आयोजक भई सञ्चालन गरिएको उक्त तालिममा तीनवटा सहकारीका सञ्चालक, लेखा समिति र व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

तालिममा सहकारी स्थापनाका उद्देश्यहरु, सहकारीका सिद्धान्तहरु,सहकारी सञ्चालनका आधारहरु, व्यवस्थापनका तत्वहरु, टीमबिल्डिङ्ग लगायत विषयमा सहकारी अभियन्ता दलबहादुर गुरुङ र बेनप्रसाद थापाले सहजीकरण गरेका थिए । तालिममा सामाजिक अभियन्ता माया राना, सहकारीका जानकारहरु बेदप्रसाद बस्याल, चन्द्रिसरा रखाल,सीता देवकोटा र निरबहादुर सारुले आफ्ना गाउँमा रहेका सहकारीहरुले आर्थिक उन्नति र प्रगति गरेको, साहुमहजान एवम् सुदखोरीबाट गाउँलेहरुलाई जोगाएको र आर्थिक विकासका निम्ति आयआर्जनमा जोड दिएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।