७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवार हेरफेर गरेको छ । मंगलबार बसेको गाउँ शिक्षा समितिको बैठकले शैक्षिक गुणस्तर सुधारका लागि भन्दै प्रधानाध्यापक तथा शिक्षक काजमा खटाएको छ । गाउँपालिकाको उक्त निर्णयको पालिकाका बिभिन्न बिद्यालयहरुका बिद्यालय ब्यवस्थापन समिति अध्यक्षहरुले बिरोध गरेका छन् ।

Advertisement

बुधबार धकधईमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्षहरुको सबै भन्दा ठूलो रोष निर्णय प्रकृयामा आफुहरुलाई संलग्न नगर्नुमा देखाएका छन् । लामो समय देखि यस बिषयमा छलफल हुने गरे पनि निर्णय गर्दा पालिकाले एकलौटी निर्णय गरेको उनिहरुको आरोप रहेको छ । पजरकट्टि माध्यमिक बिद्यालयका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष निरज यादवले पालिकाले आफुहरुलाई किनारा लगाउदै अन्यायपूर्ण सरुवा गरेको दावी गरे । “१५ वटा सामुदायिक बिद्यालय मध्ये १४ वटामा मात्र सरुवा गरिएको छ ।” यादवले भने “प्रभावशाली वडाअध्यक्षको क्षेत्रमा रहेको बिद्यालय प्रति आखाँ चिम्लिने कार्य भएको छ ।”

यस्तै उनले आफ्नो बिद्यालयका प्रधान अध्यापकलाई सरुवा गरेर सोही स्तरको अर्को बिद्यालयमा अन्यायपूर्वक शिक्षकको रुपमा खटाएको गुनासो गरे । पालिकाले शिक्षकहरु सरुवा गर्दा तह अनुसार ब्यवस्थापन गर्न नसकेको पशुपति आधारभूत बिद्यालयका अध्यक्ष नगेन्द्र धवलले बताए ।

उनले छात्राहरुमाथि दुब्र्यवहार गर्ने शिक्षकलाई आफ्नो बिद्यालयमा प्रधान अध्यापकको जिम्मेवारी तोकिएको आरोप लगाए । “छात्रामाथि यौन दुब्र्यवहार गरेको आरोपमा महिनौ निलम्बित रहेका शिक्षकलाई प्रअ तोकिएको छ ।” धवलले भने “मैले कुनै पनि हालतमा उनलाई बिद्यालयमा हाजिर गर्न दिन्न, हाजिर गराउने भए पालिका अध्यक्ष आफै आउनुप¥यो ।”
पालिकाले आफ्नो निर्णय नसच्याए सम्मको लागि शिक्षक सरुवा रोक्का गर्न उनिहरुले गाउँपालिकामा ज्ञापन समेत बुझाएका छन् ।

आर्थिक वर्ष २०७९/०८० को शैक्षिक कार्यक्रम र पढाइ समीक्षा गर्दै गाउँपालिकाले लगानी गरेअनुरुप शैक्षिक प्रतिफल प्राप्त हुन नसकेकाले आगामी बर्ष शैक्षिक दृष्टिकोणले अब्बल र नमूना बनाउन भन्दै शिक्षकहरुको सरुवाको निर्णय गरेको थियो । गत शैक्षिक सत्रमा कक्षा ८ मा ८ प्रतिशत र कक्षा ५ मा १० प्रतिशत मात्र नतिजा आएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल