ताजा अपडेट »

प्रगतिनगर सामुदायिक विद्युत सहकारीमा रक्तदान

विहीबार, ११ साउन २०८०, १५ : ५५
16 Shares

बुटवल । प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थामा रक्तदान कार्यक्रम गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थामा वार्षिक कार्यक्रम अनुसार सामाजिक उत्तरदायित्व बहन गर्दै बिहिबार रक्तदान कार्यक्रम गरिएको हो ।

रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, शेयर सदस्य तथा सुभेच्छुक समेत गरी ५२ जनाले रक्तदान गरिएको संस्थाका सचिव गोपाल केसीले जानकारी गराए । उक्त विद्युत सहकारीले विगत ४ वर्षदेखि हरेक वर्ष रक्तदान गर्दै आएको छ । रगतको अभावमा कसैले पनि जीवन गुमाउन नपरोस भन्ने उदेश्यले रगतको उपलब्धता र रक्तदानमा उत्प्रेरित गर्नको लागि नियमित रुपमा रक्तदान कार्यक्रम गरिएको प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाका अध्यक्ष जीतबहादुर मल्लले बताए।

कार्यक्रममा रक्तदान गर्ने रक्तदातालाई संस्थाका अध्यक्ष मल्ल र बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य हेमा थामीले प्रमाणपत्र सहित खादा ओढाएर सम्मान गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।