ताजा अपडेट »

प्रदेश सरकार र नेपाल टेलिभिजनबिच सम्झौता

मंगलबार, २९ माघ २०७५, १३ : ४०
6 Shares

माघ २९,
बुटवल । प्रदेश नम्बर ५ को सरकार र नेपाल टेलिभिजनबिच कार्यक्रम उत्पादन र प्रसारण गर्ने सम्बन्धमा सहकार्य गर्ने उद्देश्यका साथ सम्झौता भएको छ । आज प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केशवराज आचार्य र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो । सम्झौता अनुसार आगामी फागुन १ गतेदेखि नेपाल टेलिभिजनले प्रदेश सरकार र प्रदेश सभाका गतिबिधी, बिकास निर्माण, समृद्धिका आधार लगाएतका सुचनामुलक तथा सन्देशमुलक बिषयमा कार्यक्रम उत्पादन गरि कोहलपुर प्रसारणबाट प्रशारण गर्ने छ ।


सो अवशरमा बोल्दै प्रदेश पाँचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले नेपाल टेलिभिजनसँगको सहकार्यले संघियतालाई मजबुत बनाउने र सकारात्मक सन्देश प्रबाह गर्ने बताउनु भयो । संघियताको भावना अनुरुप आम जनताको चाहनालाई परिपुर्ती गर्ने सवालमा सकारात्मक सन्देश प्रबाह गर्दै अघि बढ्न संचार माध्यमको भुमिका अपरिहार्य भएको उहाँले चर्चा गर्नु भयो ।


नेपाल टेलिभिजनका अध्यक्ष डा. महेन्द्र बिष्टले सत्य तथ्यमा आधारित रहि निश्पक्ष समाचार उत्पादन र प्रसारण गर्ने हुनाले नेपाल टेलिभिजन सबैको सामु विश्वासको आधारशिला समेत बनेको बताउनु भयो । जनतालाई सहि सूचना संप्रेशण गरि समाज रुपान्तरणमा महत्वपुर्ण भूमीका खेल्ने कुरामा प्रदेश सरकारसँगको सहकार्यले थप मद्दत पुग्ने बिश्वास अध्यक्ष बिष्टले गर्नु भयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केशवराज आचार्यले संचार समाज बिकासको महत्वपुर्ण अंग भएकोले यसको सदुपयोग गर्दै प्रदेश सरकारको भुमिकालाई प्रभावकारी बनाउन सघाउ पुराउने बताउनु भयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।