ताजा अपडेट »

रुपन्देहीका २ जना वरिष्ठ सईसहित ६४ जना प्रहरी निरीक्षकका लागि बढुवा सिफारिस

आइतबार, ०७ साउन २०८०, ११ : ०८
6 Shares

बुटवल । नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन्। शनिबार प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले ६४ जना वरिष्ठ सईलाई इन्सपेक्टर बढुवाका लागि सिफारिस गरेको हो।

६४ जनामध्ये नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय, सुर्खेतमा कार्यरत वरिष्ठ सई मोहन लाल आंगा श्रेष्ठ सूचीको एक नम्बरमा छन्। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगालमा कार्यरत लोकराज पाठक दोस्रो सूचीको दोस्रो नम्बरमा छन्।

बढुवा सिफारिसमा रुपन्देहीबाट २ जना बरिष्ठ सई प्रहरी निरीक्षकका लागि सिफारिसमा परेका छन् । रुपन्देहीबाट नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका हुमानन्द खनाल र ईलाका प्रहरी कार्यालय सालझण्डीका एक्क बहादुर नेपाली बढुवा सिफारिसमा परेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।