६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

माघ ९,

भैरहवा । नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०७६ र ०७७ को पुस मसान्तसम्म लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । सरकारले तोकेको लक्ष्यभन्दा कम राजस्व संकलन गर्नुको कारण चोरी तस्करी भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । चालू आवको पुस मसान्तसम्म अर्थ मन्त्रालयले भैरहवा भन्सार कार्यालयलाई ५४ अर्ब ८१ करोड सात लाख ४८ हजारको लक्ष्य दिएको थियो। सो ६ महिनाको अवधिमा भैरहवा भन्सार कार्यालयले ४५ अर्ब ४६ करोड ३२ लाख ८७ हजार मात्र राजस्व संकलन गरेको छ ।

Advertisement

उक्त तथ्याङ्क हेर्दा नौ अर्ब ३४ करोड ७४ लाख ६१ हजार कम राजस्व सङ्कलन भएको देखिन्छ। चोरी तस्करी अत्यधिक बढ्नु कपिलवस्तु तथा नवलपरासीमा नयाँ भन्सारको स्थापना तथा सामान आयातमा कमी लगायतका कारण राजस्व सङ्कलन लक्ष्यअनुरुप पुग्न नसकेको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए । विशेष गरी नेपालको राजस्व संकलनको मुख्य मेरुदण्डका रुपमा रहेको भैरहवा भन्सार कार्यालयमा राजस्व सोचेअनुरुप संकलन हुन नसक्नु चोरी, तस्करी मुख्य रहेको स्थानीयको समेत भनाइ छ । सो भन्सारबाट खोटो रोजिन, जडीबुटी, प्लाष्टिकको नालीपाइप, दाल, चिनी, चोकर, भुस, प्लाष्टिक बोतल, वियर पुराना कपडा तथा लुगाफाटा, प्लाष्टिक पाइप फिटिङ, चाउचाउ (नुडल्स), मसला, पिना, अदुवा, सुठो र रद्दी कागज जस्ता समान भारतलगायत तेस्रो मुलकमा निकासी हुने गरेको छ ।

आयातीत वस्तुमा एमएस ब्लेट, डिजेल, पेट्रोल जिप, कार भ्यानलगायतका सवारी साधन पेट्रोलियम पदार्थ, कोइला, पोलिथिन दाना, तेल, धुलो दूध, मार्बल, मोटर गाडीका पार्टपूर्जा, कागज, मेसिनरी पाटर्स, खाद्यान्न, माछा, विद्युतीय सामग्री रहेको भन्सार कार्यालयको सूचना शाखाले जानकारी दिएको छ । उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले लक्ष्यभन्दा कम राजस्व उठ्नुको कारण मुख्य चोरी तस्करी भएको बताउँछन्र रुपन्देहीमा रहेका सबै सीमा क्षेत्रबाट दैनिक करोडौँ मूल्यका भारतीय सामान विनाभन्सार चोरी बाटो हुँदै नेपाल आउने गरेको बताउँदै उद्योग व्यापार सङ्गठनका अध्यक्ष भण्डारीले स्थानीय प्रशासनले ध्यान दिए यसको नियन्त्रण हुने बताउँछन् ।

चोरी तस्करी नियन्त्रण समयमै सरकारले गर्न सकेन भने राजस्व संकलनमा मात्र नभएर नेपालका सबै उद्योग व्यसायीका निम्ति समस्या सिर्जना हुने अध्यक्ष भण्डारीको दाबी छ । नेपाल भन्सार एजेन्ट महासंघका केन्द्रीय अध्यक्ष तथा सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष डा शान्तकुमार शर्माले भन्सारको लक्ष्यअनुरुपको राजस्व संकलन नहुनु भन्सार नीति र भन्सार प्रमुखको ठूलो भूमिका रहने बताउँछन् । चोरी तस्करी नियन्त्रणका लागि खासै पहल नहुनु र विनाभन्सार भन्सारको दायाँबायाँबाट ठूलो परिमाणमा तस्करी भई नेपालतर्फ विभिन्न सामान ल्याउनु पनि कारण रहेको अध्यक्ष शर्माका भनाइ थियो । –रासस

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार