ताजा अपडेट »

कस्तो जिन्दगी

विहीबार, ०४ साउन २०८०, १५ : ०२
76 Shares

के गर्ने कस्तो जिन्दगी,
कसैलाई केहि भन्न पनि नहुने भयो,
यस्तै रहेछ जिन्दगी,
कसलाई के भन्न सकिन्छ र ।

मनमा माया, मनमा पीडा मिसिएको,
जिन्दगी कसलाई के भन्न सकिन्छ र,
के सोचेको थिएँ, के भयो अहिले,
मनमा माया , मनमा नै पीडा ।

जिन्दगीको अर्थ बुझ्न खोज्दा,
खाल्डोमा म परियो आज,
न कसैलाई भन्न सकिने,
न कसैलाई सुनाउन नैै ।
आँखामा आँशु मनमा पिडा,
साथै शून्य रहेछ जीवन,
क्सलाई के गुनासो छ र,
मनका कुरा मनमा राखी,
सुनाउन को छ र यहाँ ।

आँखामा आँशु, मनमा पीडा,
आउँछ घरीघरी,
न बुझाउन सकिन्छ, न सुनाउन
तर पनि जीवन जिउने प्रयास गर्दै छु ।

घरिघरि जीवन अर्थ बुझ्दा बुझ्दै,
मनलाई समाल्न नसक्दा,
आँखामा आँशु, मनमा पीडा,
आउँछ घरिघरि ।

न चाहेर हराउन सकेँ,
न बुझेर नै,
सम्झ्ना आउँछ घरिघरि उसको,
सधैं सम्झिरहे, उसैको यादमा डुबीरहेँ ।

मनलाई सम्हालेर आफैले आफैलाई,
समाहल्न पर्ने रहेछ जीवनको अर्थ बुझेर,
असल साथीको साथले ,
मलाई जीवनको अर्थ बुझाई दिइयो ।

हरपल असल साथीको साथले,
जीवनमा अगाडि बढ्न उत्प्रेरित गरिएको छ
वास्तविक जीवनको अर्थ बुझ्न अवसर पाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।