ताजा अपडेट »

तिलोत्तमाका होटल तथा रेष्टुरेन्ट अबदेखि राति ११ बजेसम्म खुल्ने

बुधबार, ०३ साउन २०८०, १९ : ४१
8 Shares

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र रहेका होटल तथा रेष्टुरेन्टहरु राति ११ बजेसम्म खुल्ने भएका छन् ।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले एक सूचना जारी गरि नगरभित्रका होटल तथा रेष्टुरेन्टहरु राती ११ बजेसम्म संचालन गर्न पाइने जनाएका हुन् । साथै आवश्यक शान्ती सुरक्षाको सहजीकरण गरिदिन जिल्ला प्रशासन र इलाका प्रहरी कार्यालय मंगलपुरलाई आगह गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।