ताजा अपडेट »

दिल्लीमा बाढीको वितण्डा : यमुना नदीले तोड्यो रेकर्ड, होचो स्थानका विद्यालय बन्द

विहीबार, २८ असार २०८०, ०७ : २९
14 Shares

कामाडौं । भारतको राजधानी नयाँ दिल्लीलाई अविरल वर्षासँगैको बाढीले बेहाल बनाएको छ । दिल्ली भएर बग्ने यमुना नदीले बुधवार सबै रेकर्ड तोडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बुधवार राति यमुनाको जलस्तर २०८।८ मिटर मापन गरिएको छ । यसअघि सन् १९७८ मा यमुनाको जलस्तर २०७।४९ मिटर मापन गरिएको थियो ।

बुधवार यमुनाको जलस्तर खतराको सतहभन्दा २ मिटर माथि पुगेको छ । आगामी २४ घण्टामा समेत दिल्लीमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । बाढी प्रभावित क्षेत्रमा धारा १४४ लागू गरिएको छ भने होचा स्थानका विद्यालय बन्द गरिएको छ । हालसम्म १६ हजारभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।

बिहीवार बिहान ८ बजेसम्म यमुनाको जलस्तर २०८।३० मिटरसम्म पुग्ने पूर्वानुमान गरिएको छ । भारतको हरियाणासम्मको पानी बगेर दिल्ली हुँदै जाने गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।