ताजा अपडेट »

गायिका जया छन्त्यालको 'मुटु खाने भो'मा दुर्गेश र दिवान्सी

मंगलबार, १९ असार २०८०, १३ : ५८
6 Shares

काठमाडौँ। गायिका जया छन्त्याल पुन र गायक नविन रानाको स्वरमा रहेको  'मुटु खाने भो' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बाग्लुङको धम्जामा जन्मे हुर्केकी गायिका जया छन्त्याल पुनको प्रस्तुतीमा तयार सार्वजनिक गीतमा प्रलाद शुवेदीको शब्द रहेको छ भने लय शिव कनौजे मगरको रहेको छ । 

एचबिएन  किस्मतको एरेन्ज तथा मिक्सिङ  र मास्टरिङ रहेको गीतमा चर्चित मोडल तथा गायक दुर्गेश थापाको अभिनय रहेको छ । भिडियोमा दुर्गेशलाई दिवान्सी रोका मगरले अभिनयमा साथ दिएकी छिन् । भिडियोले वैँशालु उमेरमा चोखो माया लगाउने एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएको छ । जसमा माया प्रेममा आउने उतार चढावलाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । 

भिडियोको छायाकंन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन र कलर मनोज कार्कीले गरेका हुन् । गायिका पुनका यसअघि झ्याम्मै बस्यो साईली, बाग्लुङ पञ्चकोट, लगायतका डेढ दर्जन बढी गीतका भिडियोहरु बजारमा आइसकेका छन् । सार्वजनिक गीतको भिडियो पनि गायिका पुनकै अफिसियल च्यानल जया छन्त्याल पुनबाट बजारमा आएको हो ।

https://youtu.be/pzKI0udcLSs
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।