ताजा अपडेट »

तिनाउ नदीले पार गर्यो खतराको तह, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मंगलबार, १९ असार २०८०, ०६ : ०९
36 Shares

बुटवल । रातीदेखिको लगातार वर्षासँगै तिनाउ नदीमा जलसतहले खतरको तह पार गरेको छ । बुटवल बाडी मापन केन्द्रले रातीदेखिनै खतरको जलसतह पार गरेको भन्दै नदीय तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि बुटवल, पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ। जसले गर्दा तिनाउ नदीमा बाढी आएको छ। तिनाउ नदीले बुटवलमा खतराको सङ्केत पार गरेको छ। बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार पानीको सतह ६।५ मिटर पुगेको छ। जबकि, ५।६ मिटरलाई खतराको स्तर मानिएको छ। पछिल्लो तीन घन्टायता तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

जलसतहले खतराको स्तर पार गरेकाले तिनाउ नदीको तटीय क्षेत्रमा आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।रातीदेखिको वर्षाले रुपन्देहीको तिनाउ नदीसहित, रोहिणी नदी, करेसाघाट, खोला, दानव नदी लगायत आसपासका क्षेत्रमा बाढीले जोखिम बढेको छ । वर्षाको समयमा हुन सक्ने बाढी तथा पहिरो लगायतका दुर्घटनाबाट सतर्क रहन आग्रह गरिएको छ ।

मौसम पूर्वामानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । यसैगरी लुम्बिनी प्रदेशसहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्येम वर्षा भैरहेको छ । मँगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशको एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।