ताजा अपडेट »

रातीदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

सोमबार, १८ असार २०८०, ०९ : ०१
6 Shares

बुटवल । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाउनुका साथै पल्टिएको ट्रक उठाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा आज विहान १ः५० बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

पाँच घण्टापछि यातायात सूचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनका अनुसार रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।