ताजा अपडेट »

नारायणगढ-मुग्लिन सडकमा पहिरोले ट्रक पल्टियो, बाटो पुन: अवरुद्ध

सोमबार, १८ असार २०८०, ०६ : ५०
10 Shares

बुटवल । नारायणगढ-मुग्लिन सडक पुन अवरुद्ध भएको छ । आइतबार साँझ ६ बजेदेखि खुलेको मुग्लिन-नारायणगढ सडकखण्ड आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक पहिरो खसेपछि बन्द भएको हो ।

पहिरो झरेकै स्थानमा एउटा मालबाहक ट्रक पनि पल्टिएको छ । ट्रक चालक सामान्य घाइते भएका छन् । उनको मुग्लिनमा उपचार भइरहेको छ । ट्रक सडकमै रहेको र पहिरो पनि झरेकाले दुईतर्फी नै आउ-जाउ बन्द भएको मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले जानकारी दिए ।

पहिरो पन्छाएर एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । दुई तर्फी सडक खुलाउनका लागि ट्रक हटाउनुपर्ने हुन्छ । दुईतर्फी नै सडक खुलाउन ट्रक उठाउने क्रेनलाई बोलाइएको प्रहरीले जनाएको छ ।

यसअघि शनिबार राति साढे ११ बजेदेखि बन्द भएको सडक आइतबार बेलुका ६ मात्रै खुलेको थियो । त्यसअघि पनि बिहीबारदेखि बन्द भएको सडक शुक्रबार ५ बजेतिर मात्रै खुलेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।