ताजा अपडेट »

सिञ्चाई आयोजना सम्पन्न हुँदै गर्दा कृषकमा हर्ष, उत्पादनमा वृद्धि हुने आशा

आइतबार, १७ असार २०८०, १६ : १८
35 Shares

दाङ । असारे झरीमा छाता ओढेर तुलसीपुर उपमहानगरपालिका-१८ दुधरास स्थीत पृथली कुइरे सोता जलासय सिंचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष खिम वहादुर डांगीसहितका उपभोक्ताहरु आयोजना स्थलमा भेटिए । ‘अर्को र्ष सम्म हामी हाम्रा बाझा खेतमा सिंचाइ सेवा पुग्नेमा ढुक्क छौं’, योजना अनुगमनमा पुगेका पत्रकारहरु सामु उपभोक्ता वसन्त वलीले भने । यद्यपि त्यहां लिफ्टिङको काम भने बांकी छ । त्यसलार्ई अर्को आर्थिक जर्ष पूरा गर्ने बृहत दाङ सिंचाइ आयोजनाले जनाएको छ ।

सो आयोजनाले १ सय २७ हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्ने छ । जुन जलासयको संपूर्ण वितरण प्रणालिको समेत काम सम्पन्न भयो भने त्यहाँका उपभोक्ताहरुले वाह्रै महिना सिंचाई सुविधा पाउने छन् । ‘कुलोमा पानी पुगे हामीले वेमौसमी व्यवसायीक तरकारी खेतीको सपना बुनेका छौं’, अर्का उपभोक्ता कुल वहादुर खुलालले भने । सो आयोजनाबाट कम्तिमा १ सय तेह्र घरधुरी लाभान्वित अनुगमनका क्रममा दिइएको प्रतिवेदनमा उल्लेख छ । यो आयोजनाले सिंचाइसुविधा मात्र होइन, पानीको सन्चिती पनि बढाएको छ । जलचरहरुको बासस्थान संगै विभिन्न जंगली जनावर र चराचरुंगीहरुलाई पनि पानीको प्यास मेटाउने छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नंवर ८ मा बृहत दाङ सिंचाइआयोजनाकै दुधेना टिकरी कुलो सतह सिंचाइ आयोजना सुरु भएको छ । सिंचाइ कुलो सतह सिंचाइ योजना उपभोक्ता समितिका अध्यक्ष केशव सापकोटा भन्छन्, ‘यो आयोजना हाम्रा लागि वरदान भएको छ । वाह्रै महिना हामीले थोरै भएपनि सिंचाइ सुविधा पाएका छौं । सापकोटाका अनुसार यो योजनाले एक सय चालिस हेक्टर जमिनमा सिंचाइ सेवा पुगेको छ । यसबाट तीन सय सात घरधुरी लाभान्वित हुने छन् । जसले किसानहरुले यो वर्ष यहि सिंचाइ योजनाका कारण समयमै धानखेत रोपी सकेको त्यहाँका उपभोक्ताले बताएका छन् ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका १ मनकामना देवी स्थीत जम्मु चिरा सिंचाइ जल उपभोक्ता समितिबाट पनि सिचाइको सेवा सुचारु भएको छ । यसबाट चालिस हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्ने छ । एक सय पाच घरधुरी लाभान्वित हुने छन् । यो आयोजनामा पनि लिफ्टिङको काम बाँकी छ । यद्यपी ओरालो तर्फका किसानहरुले जलासयमा पाइप लगाएर सिंचाइ सुविधा लिन सुरु गरीसकेको बताएका छन् । उनीहरुको आग्रह पनि अर्को वर्षसम्म वितरण प्रणलीमा योजना पुगोस । सो क्षेत्र पनि सिमसार क्षेत्र हो ।जलासयमा वाह्रै महिना पानी सुक्दैन । जलचरहरुले पानी पाउने यहि क्षेत्र हो ।

दंगिशरण गाउँपालिका वडा नंवर १ गोलटाकुरीमा बृहत दाङ सिंचाइआयोजनाले भरीया जलासय सिंचाइ अयोजना सुरु गरेको छ । यो योजना पनि किसानहरुकालागी वरदान सावित भएको छ । यसले विस हेक्टर जमिनलाई वाह्रै महिना सिचित गर्ने आयोजना प्रमुख विराट ज्ञवालीले बताएका छन् । यसबाछ कम्तिमा एक सय २८ घरधुरी लाभान्वित हुने छन् । यस्ता थुप्रै जलासय आयोजनाले निर्माण गरेको छ ।

बृहत दाङ सिंचाइ आयोजनाका डिइ विराट ज्ञवालीले बृहत दाङ सिंचाइ आयोजनाले हालसम्म दाङ जिल्लामा कम्तिमा ३५ वटा कृतिम जलासय निर्माण गरेको बताएका छन् । त्यसमध्ये ८ वटा जलासय पूर्णरुपमा वितरण प्रणालिमा जोडिइसकेको बताएका छन् । अन्य जलासयहरुलाई पनि प्राप्त बजेटका आधारमा क्रमस वितरण प्रणालिमा लैजाने उनको अभिव्यक्ति थियो । हरेक जलासय तारवारले सुरक्षित छन् । अघिल्ला बर्षहरुमा घोराही क्षेत्रमाकृतिम जलासयमा डुवेर दर्जन जतिको ज्यान गएपछि अहिले आयोजनाले तारवार सहितको जलासय निर्माण गरेको हो । आयोजनालाई चालु आर्थिक बर्षमा करीव ३० करोड बजेट आएको थियो । तर काम न्यो भन्दा बढि भएको छ । बांकि बजेटकालागी सिंचाइ विभागमा पहल भैरहेको आयोजना प्रमुख ज्ञवालीले अनुगमनका क्रममा जानकारी दिए ।

विसं २०७३ मंसीर १२ गते बसेको मन्त्री परीषदको बैठकको निर्णयबाट बृहत दाङ सिंचाइ आयोजनाको केन्द्रिय कार्यालय दाङमा राख्ने निर्णय भएको थियो । त्यसवेला सिंचाइ मन्त्री दाङबाटै निर्वाचित नेता दिपक गिरी सिंचाइ मन्त्री बनेका थिए । यो आयोजना दिपक गिरीकै एकल पहलमा स्थापना भएको हो । खेती हुन सक्ने करीव ५६ हजार हेक्टरमा सिंचाइ सुविधा उपलव्ध गराउने गरी बृहत दाङ सिंचाइ आयोजना स्थापना भएको हो । आयोजना आर्थिक वर्ष २०८३÷२०८५ सम्म रहने छ र यसको लागत अनुमान ४० अर्व हुने अनुमान छ । तर सरकारको आर्थिक श्रोत निकै कमजोर भएका कारण आयोजनामा बजेट हरेक वर्ष कटौति हुंदै आएको छ । चालु आर्थिक वर्षका लागि ३० करोड बजेट परेको यो आयोजनामा आगामि आर्थिक वर्षकालागी जम्मा १८ करोड बजेट परेको छ ।

विभिन्न सन्चार माध्यमका पत्रकारहरु सहित आयोजनाका अधिकारीहरुको संयुत्त अनुगमनपछि संक्षिप्त अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरियो । कार्यक्रममा संपूर्ण पत्रकारहरुका तर्फबाट रासस राप्ती प्रमुख नारायणि रजौरेले आयोजनाका बांकी काम चाडै सम्पन्न गरेर वितरण प्रणालिमा जान आयोजनालाई सुझाव दिइन् । आयोजना प्रमुख ज्ञवालीले आफू आयोजना प्रति अत्यन्त गम्भीर रहेको भन्दै आगामि आर्थिक वर्ष दर्जन बढी जलासयमा वितरण प्रणालि सुरु हुन सक्ने आश्वासन दिए । कार्यक्रमको सहजीकरण आयोजनाका लेखा प्रमुख धर्मराज वली र सुचना अधिकारी लोकेन्द्र कठायतले गरेका थिए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी