ताजा अपडेट »

आज राती पनि भारी वर्षाको सम्भावना : बाढी पहिरोको जोखिमबाट सचेत रहन आग्रह

शनिबार, १६ असार २०८०, २१ : २३
22 Shares

बुटवल । मनसुन सक्रिय भएसँगै रुपन्देहीसहित तराईका जिल्लाहरुमा बाढीको जोखिम बढेको छ भने पहाडी जिल्लाहरुमा पहिरोको जोखिम बढेको छ । यसैबीच नेपाल बाढी सुचना केन्द्रले आगामी २४ घण्टासम्म सजगता अपनाउन आग्रह गरको छ ।

शनिबार साझ ७.३० बजे सुचना जारी गर्दै केन्द्रले रुपन्देहीसहित नवलपारी, कपिलवस्तु तथा भारतसँग सीमा जोडिएका जिल्लाहरुमा बाढीको जोखिम रहेको बताएको छ । शनिबार र आइतबार राती पनि भारी वर्षाको सम्भावना भएका कारण बाढी पहिरोबाट सचेत रहन आग्रह गरेको हो । यसैगरी पाल्पा, अर्घाखाची तथा गुल्मीमा भारी वर्षाको उच्च सम्भावना भएका कारण बाढी पहिरोबाट सचेत रहन आग्रह गरेको छ ।

लगातारको वर्षाले शनिबार दिउँसो तिनाउ नदीमा सतर्कताको तह पार गरेको थियो बने बजार तथा सडक जलमग्न भएको थियो । मनसुन सक्रिय भएर भारी वर्षाको सम्भाना अझै कायम रहेका कारण ठूला नदी नटीय क्षेत्र तथा खहरे खोलाका आसपासमा विशेष सचेतना अपनाउन तथा यात्रा गर्ने क्रममा सडकमा पहिरो खस्न सक्ने भएकाले सचेत हुन आग्रह गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिक देखि सामान्य बदली रहनेछ बताएको छ । यसैगरी कोशी, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ(गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको उल्लेख गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।