ताजा अपडेट »

पश्चिम नवलपरासीमा लालपूर्जा वितरण सुरु, पूर्जापाएका नागरिक हर्षित

विहीबार, १४ असार २०८०, २१ : २६
48 Shares

परासी । पश्चिम नवलपरासीमा भूमिहिन दलित तथा भूमिहीन सुकुम्बासीले जग्गा धनि लालपूर्जा पाएपछि खुसी भएका छन । लामो समयदेखि आफैले जोतभोग गर्दै आएको जग्गा धनि लालपूर्जा पाएपछि खुशी भएका हुन।

जिल्लाको बर्दघाट नगरपालिकाबाट पहिलो चरणमा १० जनालाई लालपूर्जा वितरण गरिएको थियो। पूर्जा लिँदै स्थानीय रामबचन पासीले पूर्जा नहुँदा बिजुली, खानेपानी तथा सरकारी निकायबाट पाउने कृषि बीउसमेत नपाउने अवस्था थियो । बैकबाट ऋण समेत नपाएको सम्झिदै उनले पूर्जा पाएपछि सरकारी सेवासुविधा पाउने र छोरोछोरीका लागि अध्ययन तथा केही व्यवसाय गर्न खोज्दा लालपूर्जा अभावमा पाएको सास्ती हट्नेमा खुसी व्यक्त गरे । ‘जग्गाको पूर्जा पाउँदा खुसीको सीमा नहुँदो रहेछ ।’ -पासीको भनाइ छ।

त्यस्तै सरावलकै विमलावती मुसहरले भनिन्–‘पटक पटक बनेका आयोगले पूर्जा दिन नसक्दा मैले त पूर्जा पाउने आस मारेको थिएँ फेरी पनि हामीमाथि राजनीतिनै हुने भयो भन्ने सोचेको थिए तर यसपाली त साँच्चिकै पो पूर्जा पाएँ।’ लालपुर्जा देखाउँदै उनले खुशी व्यक्त गरिन। पूर्जा वितरण गर्दै भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले भूमि र आवास सबै नागरिकको संबैधानिक अधिकार भएकाले आयोग मार्फत केही वर्षमै सबै भूमिहिनले पूर्जा प्राप्त गर्ने बताइन । यसका लागि सरकारले जग्गा ब्यवस्थापन गर्ने कार्य अगाडि उल्लेख गर्दै सबै नागरिकको जोत्ने भूमि र बस्ने आवास हुनुपर्ने बताइन । जनतालाई भूमिको मालिक बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठको भनाई थियो।

पूर्जा प्राप्त गर्ने भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासीहरु बर्दघाट १३ का दुर्सइ मुसहरलाई ३ कठ्ठा ३ धुर, रामबदन पासीलाई ८ धुर, मोहमद सलिम देवानलाई १ कठ्ठा १० धुर, मटेलु लोनियालाई २ कठ्ठा १६ धुर, राजकुमार मुसहरलाई ६ धुर, शान्तीदेवी मुसहरलाई १० कठ्ठा २ धुर, सुकइ चमारलाई १२ कठ्ठा, जुठे कहाँरलाई ७ कठ्ठा १३ धुर रहेको जग्गाधनी पुर्जा मन्त्री श्रेष्ठले वितरण गरेकी थिइन्।

पश्चिम नवलपरासीमा पटक पटक वनेका भूमि सम्वन्धि आयोगले विगतमा जग्गा नापजाँच लगाएतका कार्यहरु गरेपनि पूर्णता भने दिन सकेका थिएनन् । पहिलो पटक बर्दघाटबाट पूर्जा वितरणको काम सुरु भएको हो । अब जिल्लाभर वितरण गरिने भूमि आयोग नवलपरासीका अध्यक्ष देवराज भण्डारीले बताए।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल