ताजा अपडेट »

बचत अपचलन गरेको आरोपमा बुटवलमा रहेको आगन्तुक सहकारीका अध्यक्ष पक्राउ

बुधबार, १३ असार २०८०, १९ : ०५
16 Shares

बुटवल । बचकर्ताको रकम अपचलन गरेको आरोपमा बुटवलको अमरपथमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्क विहिन बनेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले सहकारीका बचतकर्तालाई रकम नदिएको भन्ने उजुरीका आधारमा घर्तीलाई पक्राउ गरिएको बताए । उनी माथि थप अनुसन्धान भइरहेको डिएसपी अर्यालको भनाई छ । घर्ती विरुद्ध ५० भन्दा बढि बचतकर्ताले प्रहरीमा निवेदन दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।