ताजा अपडेट »

जसपा नेपालको विधान अधिवेसन आज समापन हुँदै

मंगलबार, १२ असार २०८०, ०६ : २३
8 Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेसन जारी छ । गत आइतवारदेखि सुरु भएको विधान अधिवेसन पूर्ववतः तालिका अनुसार आज समापन हुँदै छ । आजको बैठकमा  मस्यौदा विधानमाथि समुहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शिर्ष नेताले जबाफ दिने कार्यक्रम रहेको छ । 

गत आइतवार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा विधानमा हिजो १० वटा समुहमा समुहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो । उक्त १० वटा समुहबाट समुहगत धारणा राखेपछि अधिवेसनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संसोधनसहित विधान पारित गर्ने कार्यसूची रहेको प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् । 

उनका अनुसार प्रस्तावित बिद्यानमा ७० वर्षे उमेर हदको प्रावधान राखिएको, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको पदाधिकारीमा दुई पटक भन्दा बढी एउटै पदमा बस्न प्रतिबन्ध लगाईएको, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रीय समिति सदस्य हुन कम्तिमा पाँच वर्ष पार्टी सदस्यता लिएको हुनुपर्ने लगायत प्रावधान राखिएको विधान प्रस्तुत भएको छ । 

उक्त मस्यौदा विद्यानमा छलफलका लागि ४ सय २० केन्द्रीय सदस्यसहित करिब ८ सय जना प्रतिनिधिले सहभागिता जनाईरहेका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।