ताजा अपडेट »

जसपा नेपालको विधान अधिवेसन आजबाट

आइतबार, १० असार २०८०, ०६ : ४२
18 Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को आजवाट विधान अधिवेसन सुरू हुँदै छ । आजदेखि सुरु हुने विधान अधिवेसनको अन्तिम तयारी तथा मस्याैदा विधान अनुमोदनका लागि हिजो केन्द्रिय समिति बैठक बसेको थियो । उक्त बैठकले मस्यौदा विधानलाई अनुमोदन गरेपछि आजको विधान महाधिवेसनमा पेश हुन लागेकाे हाे ।

सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार साे अधिवेसन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ । संघीय परिषद खारेज गरिएको प्रस्तावित विधानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किदै छ । आजको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुँदैछन । 

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । र, १२ गते  विधानमाथि नेताहरुले धारणा राख्ने गरी कार्यतालिका बनाईएको छ । पटक-पटक सर्दै आएको सो विधान अधिवेसन यसअघि चैत्र २७, २८ र २९ गते गर्ने निर्णय गरेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।