ताजा अपडेट »

जसपाका पाँच केन्द्रीय सदस्य निष्कासित

शनिबार, ०९ असार २०८०, २० : ०७
10 Shares

काठमाडौं । निर्वाचनमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले पाँच केन्द्रीय सदस्यलाई निष्कासन गरेको छ ।

जसपाको शनिबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई निष्कासन गरेको हो । उनीहरूलाई पार्टी सदस्यबाट समेत निष्कासन गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

यससँगै जसपा केन्द्रीय समिति बैठकले समाजवादी मोर्चालाई अनुमोदन गरेको छ । बैठकले विधानको मस्यौदालाई पनि अनुमोदन गरेको बस्नेतले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।