ताजा अपडेट »

नवजीवनले दियो नयाँ सदस्यका लागि सहकारी शिक्षा

बुधबार, ०६ असार २०८०, २२ : १४
12 Shares

तिलोत्तमा । नवजीवन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तिलाेत्तमा -६ ले आफ्ना नयाँ सदस्यहरुका लागि एक दिवसीय आधारभूत सहकारी शिक्षा बुधवार ड्राईभरटाेलमा दिएकाे छ ।
उक्त शिक्षा कार्यक्रममा सहकारी अभियन्ता दलबहादुर गुरुङले नवजीवन सहकारीकाे ईतिहास, वर्तमानमा सहकारीले गरेका  अभ्यास र प्रयास,सहकारीका नीति, नियम, सिद्धान्त एवम् सहकारीले समाजमा पारेकाे आर्थिक, सामाजिक प्रभावका बारेमा सहजीकरण गरेका थिए । साथै उनले नवजीवन सहकारीकाे आर्थिक ऐना समेत प्रस्तुत गरेका थिए ।

उक्त शिक्षा कार्यक्रममा संस्थापक अध्यक्ष श्याम न्याैपाने, निवर्तमान अध्यक्ष दिवाकर ढकाल, सल्लाहकार ऋषि भण्डारी,शिक्षा उपसमितिका संयाेजक गाेविन्दप्रसाद  भुसालले वर्तमान समयमा विभिन्न सहकारीका बारेमा अनेक अफवाह फैलिएकाे बेलामा आफ्ना शेयर सदस्यहरुलाई आफ्नै सहकारीका गतिविधिहरु र हरहिसाव बताई प्रष्ट गर्न पाएकाेमा खुसी ब्यक्त गरेका थिए । उनीहरुले आफ्नाे सहकारी स्थापित सहकारी भएकाे कारण कुनै सन्देह लिन नपर्ने बताए ।
संस्थाका कार्यवाहक अध्यक्ष मित्रबन्धु पाठकले आफ्नाे सहकारी,सहकारीकाे नीति,नियम र सिद्धान्त अनुसार स्थानीय युवाहरुकाे नेतृत्व र पहलमा स्थानीय शेयर सदस्यहरुकै आर्थिक एवम् सामाजिक आवश्यकता पूरा गर्ने  सहकारी भएकाे हुँदा कुनै शंका गर्नु नपर्नेमा जाेड दिए ।

उक्त कार्यक्रममा सहभागीहरुकातर्फबाट सुनिता पाठक र मीना खनालले आफ्नाे सहकारीका बारेमा आधारभूत सहकारी शिक्षामार्फत छर्लङ्ग हुने अवसर मिलेकाे बताउँदै सहकारीले महिलाहरुलाई राेजगारमुखी कार्यमा समेत जाेड्न अनुराेध गरेका  थिए । शिक्षा उपसमितिका सदस्य बिनाेद बस्यालकाे स्वागत र तारा पाठककाे सञ्चालन,कार्यवाहक अध्यक्ष मित्रबन्धु पाठककाे अध्यक्षतामा आधारभूत सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।