ताजा अपडेट »

गुल्मीमा खेतको कान्लाबाट लडेर एक कृषकको मृत्यु

शुक्रबार, ०१ असार २०८०, १६ : १०
6 Shares

गुल्मी । जिल्लाको मालिका गाउँपालिका–८ द्वाघासका ५३ वर्षीय टोप बहादुर बानियाको ज्यान खेतको कान्लाबाट लडेर मृत्यु भएको छ । बिहिवार दिउँसो करिब तीन बजेको समयमा खेतमा धानको बिउमा पानी लगाउन हिडेका बानियालाई शुक्रवार बिहान परिवारले खेतको कान्लामा मृत फेला पारेका थिए ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मी लगिएको छ । मदिरा अत्याधिक पिएका कारण उनी खेलमै सुतेको र विहान परिवारले मृत भेटेको प्रहरीले जनाएको छ । मृतकका दुई छोरा, दुई छोरी रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।