ताजा अपडेट »

कोईलाबासमा पानीको हाहाकार, प्यास मेटाउन दमकलको सहारा

मंगलबार, ३० जेठ २०८०, ०८ : १७
34 Shares

गढवा । दाङको प्रवेशद्वारको रुपमा रहेको गढवा गाउँपालिका वडा नम्बर ८ को कोइलाबासमा यति बेला पानीले हाहाकार मच्चिएको छ। बिगत केही दिनदेखि तेज गर्मीका कारण कारण कोईलाबास पानी संकट झेलीरहेको छ।

कुवाहरु सुकि सकेका छन्। धारामा पानी चुहिन छाडेको कैयन दिन बितिसक्यो। नेपाल भारत सिमानामा पर्ने दाङको कोइलावासमा हरेक वर्षझैं यस वर्ष पनि पिउनेपानीको समस्या सुरु भएको छ। गर्मी मौसम बढेसँगै कोइलावासका स्थानीय खानेपानीको चरम संकटमा छन्। वस्ती छेउँमा खोला छ। तर पानी छैन्। यही खोलाको ढुंगा, गिट्टी उत्खनन् गरेर भारत निकासी गरियो त्यसपछि यहाँ खानेपानीको हाहाकार मच्चिन थालेको स्थानीयहरु बताउछन्।

भारतीय सुरक्षा फोर्स एसएसबीले गाडेको बोरिङबाट पानी ल्याएर गुजारा चलाउँदै आएका कोइलाबासबासी यति बेला भने भारतीय पक्षले त्यही पानी पनि बन्द गरिदिदा थप समस्यामा परेको स्थानीयहरु बताउछन्। नेपालीलाई पानी दिएबापत एसएसबीले नेपालको बिजुली प्रयोग गर्दै आएको छ ।

कोइलाबासमा पानी संकट भएको खबर पाए पछि गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गाउँपालिकाको दमकल प्रयोग गरेर कोइलाबासमा पानीको समस्या समाधान गर्न अग्रसरता देखाएका छ्न । शनिवार गढवा खानेपानी बाट दमकल भरी पानी लिएर अध्यक्ष यमनारायण शर्मा पोख्रेल, ५ नम्बर वडाका वडाध्यक्ष लेख बहादुर थापा सहितको टोली कोइलाबास गाउमा विहानै पुगेर पानी वितरण गरेको छ त्यसैगरी सोमवार बिहानै पुन पानि लिएर गढवा गाउँपालिकाको दमकल कोइलाबास पुगेको छ।

करिव दुई सय घरपरिवार रहेको कोईलाबासमा अहिलेसम्म खानेपानीका लागि एउटा मात्रै बोरिङ छ तर गर्मीयाममा त्यही बोरिङ पनि सुक्छ र पानी संकट देखिने गरेको शान्ति पुनर्स्थापना गृह काेइलाबासकी सिमा जीसीले बताइन ।

नेपाली भु-भागमा पानीका स्रोतहरु सबै सुकेपछि कोइलावासबासीहरु भारतमा पुगेर पानी ल्याउन बाध्य हुन्छौ तर समय सधै एकनास हुदैन र सधै सम्भव हुदैन सशस्त्र प्रहरी बल नेपालका एक जवानले भने। कुनै बेला राप्ती अञ्चलकै व्यापारिकद्वार रहेको कोइलावास अहिले भने बाटो बनेता पनि पहिले जस्तो चहलपहल नभएकोले आर्थिक समस्या झेलीररेको छ। गर्मीयाममा प्रायः हरेक वर्षको खानेपानीको समस्या पर्ने गरेको छ।

कोईलावासमा करिब दुई सय घरपरिवार रहेका छन् । गढवा गाउँपालिका वडा नं. ८ कोईलावासमा खानेपानीको योजना सञ्चालन गर्न डिप बोरिङ्ग गाडिएको छ। तर, जमिन मुनि पर्याप्त पानी नहुंदा डीप वोरिङ्गले समेत राम्रोसँग काम गर्न नसकेको ८ नम्बर वडाध्यक्ष खालिक सिद्दिकीले जानकारी दिए ।

खानेपानीको समस्या हुन नदिन गढवा गाउँपालिकाको दमकलबाट पानी दैनिक रुपमा कोइलाबास सप्लाई गरिने गढवा गाउँपालिकाले जानकारी दिएको छ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी