ताजा अपडेट »

‘श्रीमतीले सँगै मर्ने भनेपछि सल्लाहमै त्रिशूलीमा हेलियौं’

आइतबार, ०५ माघ २०७६, ०८ : ११
2 Shares

माघ ५,

धादिङ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ थानकोटका विनय लामिछानेले ऋणले अत्तालिएपछि पत्नीसँग सल्लाह गरी सामूहिक आत्महत्याका लागि परिवारै त्रिशूली नदीमा हेलिएको बताएका छन् ।

खोलाबाट सकुशल उद्धार गरिएका लामिछानेलाई उद्धृत गर्दै उनले प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले आठ÷दस दिनअघि पत्नीसँग सल्लाह गरी छोराहरूसहित मर्ने योजना बनाएको जानकारी दिए । पत्नी जमुना लामिछानेले पनि सँगै मर्ने बताएपछि बिहीबार साँझ २ छोरासहित लामिछाने दम्पती त्रिशूलीमा हाम फालेका थिए । –नागरिक दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।