११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

दाङ । तुलसीपुर उपमहानगरपालिका ११ मोतिपुरका राजेश डाँगी व्यवसायिक रुपमा कृषि गर्न लागेको १० वर्ष भयो । उनले विभिन्न किसिमको तरकारी तथा अन्य खेती गर्दै आएका छन् । यस पटक उनले करिब १७ कठ्ठामा बन्दागोभीको खेती गरेका थिए । अहिले बन्दागोभीले बजार नपाएपछि गाईबस्तुलाई खुवाउन थालेका छन् । बारीमा रोपेको गोभी बिक्री नभएपछि अहिले बारीमा कुहिएर खेरा जान थालेका छन् । उनले भने, ‘गत वर्ष राम्रो बिक्री भएको थियो ।

Advertisement

यस पटक एउटा पनि बिक्री भएको छैन । अघिल्लो वर्षमा पनि यस्तै भएको थियो । हामी जस्ता किसानहरूले आफ्नै लगानीमा खेती गरेका हुन्छौँ । तर, हामीले यसरी नोक्सान पाउँदा राज्यले ध्यान नै दिँदैन ।’ उनका अनुसार गत वर्ष राम्रो बिक्री भएपछि यस पटकमा बन्दागोभीको धेरै खेती गरेका थिए । तर, यस पटक बिक्री नभएपनि उनीले नोक्सानी ब्यहोरेका छन्, भने निराश पनि बनेका छन् । उनले भारतबाट आउने तरकारीका कारण आफू जस्ता किसानहरूले उत्पादन गरेको तरकारीले मूल्य नपाउनुको साथ बिक्री नहुने गरेको उल्लेख गरे ।

उनले भने, ‘म जस्ता किसानहरूले आफ्नो ठाउँ मै केही गरौँ, भनेर गरेका हुन्छौँ । तर, भारतबाट आउने तरकारीका कारण हामीले न बजार पाएका छौँ, न मूल्य नै राज्यले उताबाट आउने तरकारीलाई रोक्न सके मात्र यहाँका किसानहरूले भनेको जस्तो मूल्य र बजार पाउँछन् । नत्र भने मेरो जस्तै सबैको अवस्था हुन्छ ।’ यस्तै, उनले राज्य जुन किसानले दुख गरेर खेती गरेको हुन्छ, त्यसलाई नदिएर एक बिरुवा पनि नरोपेको किसानलाई अनुदान दिँदा आफूहरूलाई अन्याय गर्ने गरेको बताए ।

‘आफ्नै ठाउँका केही गरौँ, भन्दा राज्यले हेर्दैन । जसको पहुँच छ, उसैले नै सबै कुरा पाएको हुन्छ । हामी जस्ता किसानले केही पाउँदैनौँ, जसका कारण पनि विस्तारै यस पेशाबाट विस्थापित हुनु पर्ने हुन्छ,‘ उनले थपे । उनका अनुसार अहिले बिक्री नभएर बारी मै कुहिएर जान लागेको बन्दगोभी ५ रुपैयाँ किलोका दरले पनि जोड्दा करिब साढे २ लाख बराबरको नोक्सानी भएको छ । उनले भने, ‘मैले ५ रुपैयाँ किलोको दरले जोड्दा पनि साढे २ लाखको अनुमान गरेको छु । गत वर्षको जस्तो बिक्री भएको भए करिब ५ लाख आम्दानी हुन्थ्यो, होला । तर, अहिले सबै बारीमा खेर गएको छ । अब यस्तै भएमा अर्को वर्ष खेती गर्न जाँगर लाग्ने छैन ।’

यस्तै सोही ठाउँकी डम्बर कुमारी खत्रीले पनि १८ कठ्ठामा खेती गरेको बताइन् । उनका अनुसार अहिलेसम्म एक केजी पनि बिक्री भएको छैन् । खेती गर्दा करिब ७० हजार जति खर्च लागेको भन्दै यस पटक एक केजी पनि बिक्री नहुँदा धेरै नोक्सानी भएको उनको भनाइ छ । उनले भनिन्,‘ गत वर्ष घरमा गाडी आएर लैजाने गरेको थियो । तर, यस पटक हामीले तरकारी व्यापारीहरूलाई भन्दा व्यापार नभएको भन्दै लगेका छैन् । अहिलेसम्म खरिद गर्नको लागि कोही पनि आएका छैन् । बारीमा सबै कुहिएर खेरा गइरहेका छन् । अब बिक्री त हुँदैन । गाई बस्तुलाई खुवाउनुको विकल्प छैन् ।’

गत वर्ष राम्रो बिक्री भएपछि यस वर्ष पनि बन्दागोभीको खेती धेरै गरेको भन्दै उनले बाहिरबाट तरकारीहरू आउँदा आफूहरूले उत्पादन गरेको तरकारी बिक्री नभएको समेत बताइन् । उनले पनि गत वर्ष तरकारी व्यापारीहरू घर मै गाडी ल्याएर लैजाने गरेको भएयता पनि यस पटक कोही पनि नआएको बताइन् ।

प्रतिकृया दिनुहोस्

Flash News

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा