८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

बुटवल । बजार अनुगमनका क्रममा बुटवलमा फेला परेको ४९ बोरा अवैध मल व्यापारीकै गोदामबाट गायव भएको छ । अवैध मल बरामद गरिएको पसल शिल नगरी हप्तादिन बढी समय त्यसै छाडेपछि व्यापारीले मल गायव पारेका हुन् । बुटवलको नेपालगञ्ज रोडमा रहेको ढकाल एग्रोभेटमा भेटिएको ४९ बोरा अवैध मल जिल्ला प्रशासन कार्यालय रुपन्देही तथा कृषि ज्ञानकेन्द्र रुपन्देहीसहितको अनुगमन टोलीले यही जेष्ठ १९ गते फेला पारेको थियो ।

Advertisement

अनुगमन टोलीले बरामद गरेको अवैध मल विक्रि वितरण नगर्न निर्देशन गरे पनि ढकाल एग्रोभेटका सञ्चालकले मल गोदामबाटै गायव गराएका छन् । कृषि ज्ञान केन्द्र रुपन्देहीका सूचना अधिकारी अनिल कुमार कानु बानियाका अनुसार व्यापारीले बरामद गरिएको मल सप्लायर्सलाई नै फिर्ता गरेको बताएका छन् । मल फिर्ता लैजाने सप्लायस बुटवल–६ आदर्शनगरको सुव एग्रो सेन्टरले फिर्ता गरिएको तथा आफ्नो गोदाममा भएको सबै मल विक्रि भैसकेको उल्लेख गरेको छ । यसरी बरामद भएको मल एकाएक गायव हुँदा नियामक निकाय कृषि ज्ञानकेन्द्र तथा जिल्ला प्रशासन कार्यालय भने निरिह देखिएका छन् ।

जेष्ठ १९ गते अनुगमन टोली मुख्य सप्लायर्सका रुपमा रहेको बुटवल–६ आदर्शनगरमा अवस्थित सुव एग्रोभेट सेन्टरमा समेत पुगेको थियो । सप्लायर्सका सञ्चालक सुन्दर पोखरेल पसल बन्द गरेर सम्पर्कविहिन भएपछि अनुगमन टोली रित्तो हात फर्केको थियो । निगरानीमा राखेर कारबाहीको दायरामा ल्याउने बताउँदै त्यहाबाट बाहिरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीसहितको अनुगमन टोलीले न त सम्पर्कविहिन भएको सप्लायर्सलाई समाउन सक्यो न त बरामद गरेको मल नै जोगाउन सक्यो । कारबाही प्रक्रियामा देखिएको ढिला सुस्ति र बरामद गरिएको मल नै गायव हुने गरी देखाइएको फितलो अनुसन्धानले नियामक निकायमाथि नै प्रश्न उब्जाएको छ ।

जेष्ठ १९ गते ढकाल एग्रोभेटमा फेला परेको लाखौं मुल्यको अवैध मल त्यसै छोडेर २७÷२८ हजार मूल्य पर्ने बिउविजन तथा विषादी पोको पारेर अनुगमन टोली फर्किएको थियो । बरामद गरिएको बिउविजन र विषादी विभिन्न निकायको रोहबरमा नष्ट गरिएको थियो । अनुगमनमा सहभागी थिए कृषि ज्ञानकेन्द्र रुपन्देहीका प्रमुख शिवप्रसाद अर्याल, मल निरीक्षक अनिल कानु बानिया, विषादी निरीक्षक रोजेन्द्र यादव, विउविजन प्रयोगशालाका सालीग्राम पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज लामिछाने, साना उद्योग कार्यालयका प्रतिनिधि युवराज अचार्य ।

उल्लेखित मूल्य अनुसार बरामद गरिएको ४९ बोरा मलको कूल १ लाख १७ हजार ६० रुपैयाँ नेपाली मूल्य रहेको थियो । नेपालमा विक्रिका लागि सिफारिस नै नभएको मुस्कान वायोफर्टीलाइजरको उत्पादन ‘२०–२०–१०’ नामक मल विक्रिका लागि राखिएको अवस्थामा मनुगमन टोलीले बरामद गरेको थियो । यसरी बरामद भैसकेको लाखौं मूल्यको अवैध मल गायव हुँदा पनि नियामक निकायहरु भने एकले अर्कोलाई जिम्मेवारी थोपर्दै बसेका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख रामचन्द्र अर्यालले आवश्यक कारबाहीका लागि कृषि ज्ञानकेन्द्रले प्रक्रिया अघि बढाएको बताउँछन् । अवैध मल बरामद भएको केही दिनसम्म ज्ञानकेन्द्रले अनुगमनको पूरा प्रतिवेदन नबुझाएका कारण कारबाही प्रक्रिया अघि नबढाएको बताउँदै आएका उनले मल गायव भएपछि भने राजश्व अनुसन्धान कार्यालय बुटवलाई पत्र काट्न कृषि विज्ञानलाई निर्देशन दिएको बताए ।

यता कृषि ज्ञान केन्द्र रुपन्देहीका सुचना अधिकारी तथा मल निरीक्षक अनिल कुमार कानु बानियाले पनि आफू प्राविधिक मात्रै भएका कारण अन्य कारबाहीका लागि केही नचल्ने उल्लेख गरे । आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व कार्यालय बुटवललाई जेष्ठ २४ गते नै पत्र काटिएको जानकारी गराउँदै उनले मल गायव पार्नुमा आफूहरुको नभई स्वयम् व्यापारीको नै गल्ती भएको हास्यास्पद जवाफ दिए । ‘हामीले बरामद गरेको मल नचलाउन भनेपछि व्यापारीले चलाउन हुने थिएन, तर हामीलाई नटेरेर त्यसो गरिए छ ।’–ग्लोबल आवाजसँग कुरा गर्दै बानियाले भने अब जे गर्नुपर्ने हो राजश्व अनुसन्धान कार्यालयले गर्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर