ताजा अपडेट »

बागमती गाउँपालिकामा पहिरोले ५ जना पुरिए

मंगलबार, २३ साउन २०८०, ०८ : ५५
6 Shares

काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिकामा पहिरोले ५ जना पुरिएका छन् । बागमती गाउँपालिका–५ मा पहिरोले एउटा घर पुरेको र त्यहाँ ५ जना मानिस रहेको खबर आएको मकवानपुरका एसपी सिताराम रिजालले बताए ।

घटनास्थलमा प्रहरी पुगेको छ । पहिरोमा परेर एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरिएको छ । काभ्रेको सिमानामा पर्ने घटनास्थलमा सञ्चार सम्पर्क नहुँदा थप विवरण नआएको एसपी रिजालले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।