२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

माघ ४,

Advertisement

नेपालगन्ज । कोहलपुर नगरपालिका–१२ का अध्यक्ष कृष्णबहादुर खड्काले बैंकको ऋण तिर्न नसकेर आत्महत्या गरेको खुलेको छ। सुर्खेतको मेहलकुना जान्छु भन्दै मंगलबार बिहान घरबाट निस्केका ६८ वर्षीय खड्का बुधबार भारतको बहराइचस्थित शंकर होटलको कोठामा मृत अवस्थामा भेटिएका थिए।

घटनाको अनुसन्धान गरेको भारतीय प्रहरीले उनी बसेको होटलको कोठाबाट खड्काले लेखेको ‘सुसाइड नोट’ बरामद गरेको छ। भारतीय प्रहरीका अनुसार सुसाइड नोटमा एक बैंकमाथि गम्भीर आरोप लगाउँदै उसैले आफूलाई आत्महत्या गर्न बाध्य पारेको उल्लेख छ। भारतीय प्रहरीका अनुसार उनले आत्महत्या गर्न विष सेवन गरेको खुलेको छ। आफन्तका अनुसार खड्काले गत वर्ष बैंकबाट २० लाख रुपैयाँ ऋण लिएका थिए। बैंकले किस्ता तिर्न बारम्बार ताकेता गरेपछि उनी तनाबमा थिए। ऋण तिर्न बैंकले ताकेता गरेपछि खड्काले आफूले आत्महत्या रोजेको सुसाइड नोटमा उल्लेख गरेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए।

सुसाइड नोटमा बैंकमाथि दोष दिँदै लेखिएको छ, ‘मलाई बैंकले बारम्बार ताकेता गरेर टेन्सन दियो, छोराहरूले पनि सहयोग गरेनन्।’ आफूले आत्महत्या रोजेकाले बास बसेको होटलका साहुलाई कुनै दुःख नदिनु भनेर पनि सुसाइड नोटमा लेखिएको छ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर ओलीले वडाध्यक्ष खड्काले सुसाइड नोट लेखेर आत्महत्या गरेको आफूले सुनेको बताए।- नागरिकबाट

प्रतिकृया दिनुहोस्

Flash News

प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने