६ आश्विन २०८०, शनिबार

Sep 23, 2023


बुटवल । बुटवलमा रहेको शाइन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक बचतकर्ता तथा लगानीकर्ताको लखौ रकम कुम्ल्याएर सम्पर्कविहिन भएका छन् । सहकारीका अध्यक्ष प्रकाश खनालले बचतकर्तालाई रकम फिर्ता गर्नेभने ३ महिनाअघि गरेको बाचा पूरा गर्न नसकेपछि सम्पर्कविहिन भएका हुन् ।

Advertisement

३ महिनाअघि सहकारीको साधारणसभा गरी बचतकर्ताहरुलाई रकम फिर्ता गर्ने प्रतिवद्धा गरेका खनाल आफूले मागेको मसय सकिएपछि एकाएक सम्पर्कविहिन भएका हुन् । विगत ३ महिनादेखि बन्द रहेको सहकारीमा कार्यरत कर्मचारीहरुको समेत रकम कुम्ल्याएर अध्यक्ष सम्पर्कविहिन भएपछि पीडितहरु प्रहरी प्रशासनको शरणमा पुगेका छन् । सोमबार पीडितहरुले केही उपाए नलागेपछि अध्यक्ष खनाल बस्ने घर बुटवल–११ देविनगरमा घेराउ गर्न पुगेका थिए । यसैगरी सहकारीको कार्यालयमा समेत पुगेका उनीहरु कार्यालयको मूल गेटमै ताला झुण्डिएको देखेपछि निराश हुँदे घर फर्केका छन् ।

बुटवलको देविनगरमा सामान्य पसल सञ्चालन गरेर बसेकी गोमा खड्काले आफ्ना २ छोराछोरीको पढाई खर्च जुटाउन सजिलो होस भनि सहकारीमा रकम जम्मा गर्दै आएकी थिइन् । छोराछोरीका लागि भनेर बचत गरेको रकम सञ्चालकले नै कुम्ल्याएर सम्पर्कविहिन भएको खबर पाएपछि उनी पीडामा परेकी छन् । आफूले खाइनखाई बच गरेको ५० हजार बढी रहम सहकारीबाट पाउन रहेको उनले बताइन् ।

तिलोत्तमा–७ घर भई हाल बुटवलमा व्यापार व्यवसाय गर्दै आएका योगेश पाण्डेले ७८ साल भाद्रमहिनादेखि मासिक रुपमा रकम जम्मा गर्दै आएका थिए । व्यवसाय सञ्चालनका लागि विभिन्न समयमा रकम निकालेका कारण ठूलो रकम डुब्नबाट भने आफू जोगिएको उनी बताउँछन् । ६० हजार बढी रकम आफूले पाउनु पर्ने बताएका पाण्डेका अनुसार पीडितहरुले लुम्बिनी प्रदेश सहकारी दर्ता कार्यालय दाङ पुगेर उजुरी दर्ता गराएका छन् । उक्त कार्यालयले आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पत्र काट्यो, जिल्ला प्रशासनले ईलाका प्रहरी कार्यालयलाई आवश्यक कारबाहीका लागि निर्देशन दियो । तर सहकारीका सञ्चालक खनाल भने सम्पर्कविहिन भएर बसिदिए । यसरी सञ्चालक सम्पर्कविहिन भएर बसेपछि प्रहरी प्रशासनले समेत उनलाई नियन्त्रणमा ल्याउन नसक्दा आफूहरुले न्याय पाउनेमा विश्वास गुम्दै गएको पीडित मध्येका प्रदिप थैवले गुनासो गरे । सहकारीबाट ३ लाख बढी रकम आफूले पाउनु पर्ने बताएका थैवका अनुसार दोषीलाई प्रहरीले प्रक्राउ गरी कारबाही प्रक्रियामा ल्याउन चासो दिएको देखिदैन । सहकारी सम्बन्धि नियामक निकाय समेत समस्याप्रति गम्भिर नभएको पीडितहरुको बुझाई छ ।

सहकारीले बचतकर्ताको मात्रै होइन स्वयम् सहकारीका कर्मचारीहरुको समेत रकम ठगी गरेर फरार रहेको पीडितहरुको गुनासो छ । सहकारीमा आवद्ध कर्मचारीहरुको मात्रै ३० लाख बढी बचत रकम निकाल्न नपाएको उनीहरुले बताए । सहकारीमा कार्यरत कर्मचारी करिश्मा श्रेष्ठले आफूलेको काम गरेबापत २ महिनाको मासिक पारिश्रमिक पाएकी छैनन् भने बचतमा रहेको ५० हजार पनि निकाल्न पाइनन् । यसैगरी अन्जना मल्लिकले पनि २ महिनाको तलव सुविधा नपाएको र बचतमा रहेको ४ लाख रकम निकाल्न नपाएको गुनासो गरिन् । पीडित कर्मचारीहरुका अनुसार सहकारीका अध्यक्ष खनालको सुरुदेखिकै जीवन शैली र पछिल्लो समय देखाएको गतिविधिले ठगी गर्ने नियत प्रस्त भएको छ । सहकारीको बैंक म्यानेजर रहेकी अनिता पछाईको समेत १५ लाख बचत रकम डुबेको छ भने काम गरेको पारिश्रमिक समेत पाएकी छैनन् । करिब ५ हजार साधारण सदस्य रहेको उक्त सहकारीमा नियमित बचत गर्ने १५ सय बढी सदस्य रहेको कर्मचारीहरु बताउँछन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दाबहादुर थापाले आवश्यक कारबाहीका लागि सहकारीका सञ्चालकलाई सम्पर्कमा ल्याउने प्रयास भैरहेको बताए । सञ्चालक खनाल बुटवल क्षेत्रमै नभएको आशंकामा नियन्त्रणका लागि अन्य ठाउँमा समेत समन्वय गर्ने काम भइरहेको दाबी गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ