ताजा अपडेट »

फुटसलको उपाधि न्यु होराईजनलाई

शुक्रबार, ०३ माघ २०७६, १८ : ३८
18 Shares

माघ ३,

ग्लोबल आवाज

बुटवल । तेस्रो मदन भण्डारी अन्तरमावि फुटसल प्रतियोगिताको उपाधि न्यु होराईजन माध्यमिक विद्यालयले जितेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी बुटवल नगर कमिटिले आयोजना गरेको फुटसल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको तिलोत्तमा शान्तीचोकमा भएको फाईनल खेलमा स्कलर्सहोम माध्यमिक विद्यालयलाई ९-२ ले पराजित गर्दै न्यू होराईजनले उपाधि जितेको हो ।

उपाधि विजेता न्यु होराईजनले नगद २४ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र हात पार्यो । यो संगै न्यू होराईजनले लगातार तेस्रो पटक उपाधि चुम्न सफल भएको छ । त्यस्तै उपविजेता बनेको स्लकर्सहोमले नगद १२ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको कार्यक्रम संयोजक मदन जंग पुनले जानाकारी दिनुभयो । विजयी खेलाडि हरुलाई मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष धुब्र आचार्य, नगरकमिटि अध्यक्ष समुन्द्र श्रेष्ठ, एक्सपर्ट एजुकेशनलका रोशन कंडेलले संयुक्त रुपमा पुरस्कार वितरण गरे । कार्यक्रममा बोल्दै एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले खेलकुदको विकास संगै नयां नयां खेलाडि उत्पादनमा एकेडेमी लागेको बताए । पछिल्लो समय युवा पुस्तामा खेल प्रतिको रुची बढेको भन्दै एकेडेमीले नयाँ खेलाडिको उत्पादन र पुराना खेलाडिको क्षमता बृद्धि गर्ने योजना सहित अगाडि बढेको बताए ।

उनले खेल विद्यामा स्पोर्टस एकेडेमीले गरेको भुमिकालाई सरकारले सम्मान गर्दै हौसल्ला प्रदान गर्न समेत आग्रह गरे । कार्यक्रम मदन भण्डारी स्पोर्टस एकेडेमी बुटवल नगर कमिटिका अध्यक्ष समुन्द्र श्रेष्ठको अध्यक्षता तथा नगर सचिव केशव पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।