५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

परासी । अस्पताल बनाउने जग्गामा व्यक्तिले अतिक्रमण गरी बनाएको संरचना सरावल गाउँपालिकाले डोजर लगाएर भत्काइदिएको छ । सरावल गाउँपालिकाको वडा नं. ५ धनगडवामा  १५ सैयाको अस्पताल निमार्णको योजना बनेको छ ।

योजना बमोजिम गत बर्ष नै तारबार गरिएको हो । अस्पताल निमार्णकोलागि जग्गा संरक्षण गर्ने काम गाउँपालिका आफैले गरिरहेको छ । वडा नं. ५ को धनगढवामा १५ शैया अस्पतालकालागि २ विगाहा ६ कठ्ठा जग्गा गाउँ कार्यपालिकाको बैठकले नै छुट्याएको हो ।  अस्पताल बनाउनको लागि छुट्याइएको जग्गामा व्यक्तिले अतिक्रमण गरि घर बनाएर बसेकोमा गाउँपालिकाले जग्गा छाड्न पटक पटक सूचना जारी गरे पनि छाड्न आनाकानी गरेपछि पालिकाले डोजर लगाएर संरचना भत्काएको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीका अनुसार सम्बन्धीत व्यक्तिलाई पटक पटक सूचना र जानकारी दिंदासमेत अटेरी गरेकाले शुक्रबार प्रशासनको रोहवरमा डोजर लगाइ हटाइको बताए । 

जग्गा अतिक्रमण गरेर बसेका ३ वटा घर परिवार मध्ये नरेश कहाँर र बैजनाथ कहाँरले अटेरी गरेपछि डोजर नै चलाउनु परेको सरावल गाउँपालिका वडा नं. ५ का अध्यक्ष लक्ष्मणप्रसाद चौधरीले बताए । उहाँका अनुसार कहाँरलाई पटक पटक सूचना गरिएको तर नमानेपछि बल प्रयोग गर्नु परेको समेत बताए । अतिक्रण गरेर बसेका व्यक्तिको अन्यत्र आफ्नो घर जग्गा हुँँदा पनि अस्पताल निर्माण गर्ने जग्गामा घर बनाएर बसेको अध्यक्ष चौधरीले बताएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ