६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । नेपालमा विक्रि वितरणका लागि सिफारिस नै नभएको मल खुलेयाम विक्रि हुँदै आएको फेला परेको छ । कृषि ज्ञान केन्द्र रुपन्देही, जिल्ला प्रशासन कार्यालय र साना उद्योग कार्यालयको संयुक्त अनुगमन टोलीले शुक्रबार बुटवलमा गरेको बजार अनुगमनमा अवैध मल विक्रि गरेको अवस्थामा भेटिएको हो ।

Advertisement

बुटवल–६ नेपालजञ्जरोडमा अवस्थित ढकाल एग्रोभेटमा विक्रिका लागि राखिएको ४९ बोरा अवैध मल बरामद भएको छ । उक्त मलको उल्लेखित मूल्य अनुसार कूल १ लाख १७ हजार ६० रुपैयाँ नेपाली मूल्य रहेको छ । नेपालमा विक्रिका लागि सिफारिस नै नभएको मुस्कान वायोफर्टीलाइजरको उत्पादन ‘२०–२०–१०’ नामक मल विक्रिका लागि राखिएको अवस्थामा मनुगमन टोलीले बरामद गरेको छ । उक्त मल नेपालमा विक्रीका लागि अनुमती नै नभएको कृषि ज्ञान केन्द्र रुपन्देहीका मल निरीक्षक अनिल कानु वानियाले बताए ।

बजारमा अवैध मल सप्लाई गर्ने मुख्य सप्लायर्सका सञ्चालक भने अनुगमनको सुइको पाएपछि पसल नै बन्द गरेर सम्पर्कविहिन भएको अनुगमन टोलीले जनाएको छ । बुटवल–६ आर्दशनगरमा रहेको सुव एग्रोभेट सेन्टरले यसरी अवैध मल सप्लाई गर्दै आएको कुरा खुल्न आएपछि अनुगमन टोली त्यहाँ पुग्दा सञ्चालक सुन्दर पोख्रेल पसल नै बन्द गरी सम्पर्कविहिन भएका थिए । सञ्चालक पोख्रेललाई आवश्यक सोधपुछका लागि पटक–पटक प्रयास गर्दा पनि उनी फोन सम्पर्कमा आउन नचाहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । यस क्षेत्रका अधिकांश एग्रोभेटहरुलाई सप्लायर्सका रुपमा काम गर्दै आएको उक्त पसलले ठूलो परिमाणमा अवैध मलको कारोबार गरेको हुन सक्ने भन्दै उक्त पसलमाथि आवश्यक निगरानी सुरु गरिएको लामिछानेले बताए । आवश्यक कागजात लिएर सम्बन्धित व्यक्ति प्रशासन कार्यालयमा उपस्थित नभए आवश्यक कारबाहीका लागि आफूहरुले कदम अघि बढाउने लामिछानेले चेतावनी समेत दिएका छन् ।

शुक्रबार दिउसो बुटवलका एग्रोभेटहरुमा अुनगमन गर्ने क्रममा नेपालगञ्ज रोडमा रहेको ढकाल एग्रोभेटमा अवैध मल भेटिएपछि अवैध कारोबारको पोल खुलेको हो । मुख्य सप्लायर्स सुव एग्रोभेट सेन्टरबाट ढकाल एग्रोभेटका सञ्चालकले मल ल्याउने गरेको बयान दिएका थिए । उक्त जानकारीसँगै अनुगमन टोली मुख्य सप्लायर्स सुव एग्रोमा अनुगमनका लागि पुगेको थियो । ‘अनुगमन टोली त्यसतर्फ आउँदै गरको सुइको पाएका सञ्चालकले पसल नै बन्द गरेर टाप कसेपछि नत कसैको फोन उठाए, न त कसैलाई रि–कल नै गरे ।’–अनुगमनमा सहभागी एक प्रतिनिधिले भने ।

शुक्रबार बुटवलका आधा दर्जन बढी एग्रोभेटहरुमा अनुगमन भएका थिए । अनुगमनका क्रममा सबैभन्दा बढी नेपालजञ्ज रोडको ढकाल एग्रोभेटमा अनियमितता भेटिएको हो । अवैध मल विक्रि बाहेक अन्य कानूनी प्रक्रिया समेत पूरा नगर्नुका साथै कृषकलाई ठगी गर्ने गरेका प्रमाणहरु भेटिएको कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिवप्रसाद अर्यालले बताए ।

उक्त एग्रोभेटले विगत १० वर्षदेखि विषदी विक्रिवितरणको अनुमती नलिएको, ७ वर्ष बढी समयदेखि पसल नविकरण नगरेको भेटिनुका साथै म्याद गुज्रेका र अवैध सामग्री विक्रि वितरण गरेको भेटिएको छ । पसलबाट २८ हजार ५६० रुपैयाँ मूल्य बराबरको म्याद गुज्रेका बिउविजन बरामद गरिएको कृषि ज्ञान केन्द्र रुपन्देहीका बिउविजन प्रयोगशाला प्रमुख सालिग्राम गौतमले बताए । अनुगमनका क्रममा अन्य पसलहरुमा अवस्था सामान्य देखिएपनि ढकाल एग्रोभेटमा व्यापक अनियमितता भेटिएको उनले बताए ।

उक्त एग्रोभेटमा बजार मूल्यभन्दा कयौंगुणा बढी मूल्यमा विक्री गरी कृषकलाई ठग्ने गरेका प्रमाणहरु भेटिएको अनुगमनमा सहभागी साना उद्योग कार्यालयका प्रतिनिधि युवराज आचार्यले जानकारी दिए । पसलमा व्यापक अनियमितता भेटिएको भएपनि पसललाई शिल भने गरिएको छैन । ‘एग्रोभेटले अर्को एक पसलसँग सटर सेयर गरेर पसल गरिरहेका कारण शिलबन्दी गर्न समस्या पर्यो ।’ जिल्ला प्रशासन कार्याल रुपन्देहीका प्रशासकीय अधिकृत मनोज लामिछानेले भने, उक्त पसललाई हामीले निगरानीमै राखेका छौं । यसैगरी उक्त पसलका सञ्चालकलाई आईतबार आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन गरिएको उनले बताए । उक्त समयमा पनि पसलले प्रक्रिया पूरा नगरेको कानून अनुसार कारबाही गरिने उनले बताए ।

यसैगरी ढकाल एग्रोभेटमै भएको अुनगमनमा नवलपरासीको रामग्राम–४ मा रहेको आरोही फड्स प्रा.लि.ले नेपालका लागि सिफारिस नै नभएको धानको बिउ विक्रि गरिरहेको कुरा पत्ता लागेको छ । उक्त कम्पनीले नेपालका लागि सिफारिस नभएको गोरखनाथ जातको धानको बिउ बजारमा पठाउने गरेको भेटिएको हो । आफ्नो कालो कर्तुत लुकाउन उक्त कम्पनीहरुले सप्लाई गरेका पसलहरुलाई बिल काट्ने समयमा समेत बिउको नाम नखुलाएर पठाउने गरेको भेटिएको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता