५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

गुल्मी । ईन्जिनियरिङ्ग पढ्नका लागि पहाडी जिल्ला गुल्मीबाट बुटवल काठमाडौं लगायतका ठूला शहरमा जानु पर्ने र लाखौं रुपैयाँ खर्च गर्नु पर्ने बाध्यता थियो । आर्थिक रुपले सम्पन्न परिवारले उक्त बाध्यत्मक अवस्थामा पनि शहर पसेर अध्ययन गर्ने अवसर पाउथे भने गरिव तथा विपन्न परिवारका लागि ईन्जिनीयरिङ पढ्ने कुरा आकाशको फल जस्तै थियो ।

Advertisement

अवसरबाट बन्चित भएका गरिव तथा विपन्न परिवारका लागि ठूलो अवसर सिर्जना गरेको छ सरकारले ल्याएको एक पालिका एक प्राविधिक शिक्षा कार्यक्रमले । सरकारको नीति अनुसार गुल्मीका अन्य पालिकाले कृषि प्राविधिक शिक्षा रोजे भने मुसिकोट नगरपालिकाले विश्व बजारमा बिक्न सक्ने सिविल ईन्जिनियरिङ्ग विषय रोज्यो र सरकारबाट सम्बन्धन पनि पायो। वडा नम्बर ७ को वामीटक्सारस्थित महेन्द्र आदर्श नमुना माविले प्राविधिकतर्फ ईन्जिनीयरिङ कक्षा सञ्चालन गर्न पाउने अनुमती पाएको छ । उक्त विद्यालयका प्रधानध्यापक देविराम शर्माले प्राविधिक कक्षा सञ्चालनपछिको घटना सुनाउँदै भने –‘मुसिकोट वडा नम्वर २ दरबारटोलका लक्ष्मण परियारको आर्थिक अवस्था निकै कमजोर छ । उनको आमासहित ४ जनाको परिवारलाई विहान बेलुकीको चुलो जलाउनै हम्मेहम्मे छ । छिमेकी जिल्ला गल्कोट नगरपालिका ११ रिर्घाकी प्रियाङका थापाको परिवारको अवस्था पनि उस्तै छ । यस्ता तमाम परिवारका छोराछोरीहरुले लाखौ खर्च गरेर ईन्जिनियर पढ्ने कुरा कल्पना भन्दा बाहिरको कुरा थियो। तर एक पालिका एक प्राविधिक शिक्षा कार्यक्रमले उनीहरुको सपनालाई साकार बनाउँदै छ ।

विद्यालय आफैले व्यवस्थापन गरी प्राविधिक शिक्षातर्फका विद्यार्थीका लागि आवासको समेत व्यवस्था गरिएको प्राधानाध्यापक शर्मा बताउँछन् । ईन्जिनियरिङ्ग पढ्नका लागि पाहडी जिल्ला गुल्मीबाट बुटवल काठमाडौं लगायतका ठूला शहरमा जानु पर्ने र लाखौं रुपैयाँ खर्च गर्नु पर्ने बाध्यता गाउँमै सञ्चालन गरिएको प्राविधिक शिक्षाले अन्यत गरेको छ । ग्रामिण भेगसम्म गरिव तथा विपन्न परिवारका छोराछोरीहरुलाई ईन्जिनियर बनाउने सरकारको लक्ष्य प्रभावकारी बनेको शर्माले दाबी गरे । प्राविधिक शिक्षाको आकर्षणले गर्दा छिमेकी जिल्ला बाग्लुसम्मका बिध्यार्थी विद्यालयमा भर्ना हुन थालेका छन् । बाग्लुङ्गको बडिगाड गाउँपालिका र गल्कोट नगरपालिकासम्मका त्यस विद्यालयमा शिविल ईन्जिनियरिङ्ग पढ्न आउने गर्दछन् । स्वेश तथा विदेशमा समेत प्राविधिक शिक्षापछि रोजगारीका अवसर हुनेहुँदा ईन्जिनीयरिङ विषय अध्ययनका लागि आएको त्यहाँका विद्यार्थीहरुको प्रतिक्रिया पाउन सकिन्छ ।

विद्यालयका प्रशिक्षक ईन्जिनियर प्रविण अर्यालय भन्छन ‘प्राईभेटमा पढने हो भने ईन्जिनीयर बन्न १२ , १४ लाखसम्म खर्च हुने गर्दछ । शुल्क तिरेर सरकारी अस्पतालमै पढ्दा पनि ५, ६ लाख भन्दा पढी खर्च हुन्छ । यसरी स्थानीय तहमै पढ्न पाउनु ठूलो अवसर हो ।’

संघीय सरकारबाट सम्बोधन भई पालिका भित्र शिविल ईन्जिनियरिङ्ग र वडा नम्वर ४ भुवचिदीस्थित त्रिभुवन माविमा कम्युटर ईन्जिनियरिङ्ग अध्यापन हुँदै आएको छ । नगरका शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले बताए । मुसिकोटा प्रमुख प्रशासकिय अधिकृत विनोद कुँवरले भने महेन्द्र आदर्श नमुना माविमा सिविल ईन्जिनियरिङ्ग अध्यानको तयारीका क्रममा एक करोड लागतको भौतिक पुर्वधार निर्माण गरिएको छ । शैक्षिक ब्यवस्थापनका लागि ५० लाख र शिक्षकहरुको प्रोत्साहनका लागि थप २ लाख उपलब्ध गराईएको छ । त्यस्तै कक्षा ११ र १२ का विद्यार्थीलाई ओजेटी गर्न प्रतिब्यक्ति १५ हजारका दरले दिइएकोछ । उनले नगरपालिकाले मात्रै सञ्चालन गरेको त्रिभुवन माविको कम्युटर ईन्जिनीयर पढाईका लागि सुरुमा ५० लाख र पछि एक जना शिक्षकलाई मासिक ३० हजारका दरले तलव उपलब्ध गराईएको र उत्साहजनक वातवरणमा विद्यार्थीहरुले अध्ययन गरिरहेको दाबी गरे ।

अहिले निःशुल्क पढाईएका यी दुवै पजषय प्रभावकारी बनेको नगरपालिका प्रमुख जिवलाल खरेल ( जिवन) ले दाबी गर्छन् । नगरपालिकाले शैक्षिक विकासमा अन्य विभिन्न कार्यक्रम समेत गरेर विपन्न वर्ग सम्म शिक्षाको पहुँच र गुणस्तर सुधारमा पहल गरिररहेको बताए । गरिवका छोरा छोरीले ईन्जिनियरिङ्ग र डाक्टर पढ्न पाउनु खुशीको कुरा भएको उनले उल्लेख गरे ।

मुसिकोट नगरपालिकामा देखिएको यो उत्साहमा संघ सरकारले आवसिय सुविधासहितको प्राविधिक शिक्षाका लागि ध्यान जावस भन्ने यहाँ स्थानीयले आशा गरेका छन् । तत्कालिन मेयर सोमनाथ सापकोटाले आर्थिक वर्ष २०७६/७७ मा शिविल ईन्जिनियरिका लागि ५० लाख र २०७७/०७८ मा कम्प्युटर ईन्जिनियरिङ्गका लागि ५० लाख बजेट छुट्याएर सुरु गरेका थिए । हाल नगरपालिकाले शिक्षकका लागि मासिक ३० हजार तलब सुविधा थप गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ