५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

गुल्मी । आधातुत आवश्यकतामध्ये शुद्ध पीउने पानी नागरिकको नैर्सगिक अधिकार हो । तर गुल्मीको सदरमुकाम तम्घासबासी त्यो अधिकारबाट बञ्चित हुँदै आएको सम्बन्धित सस्थाको लापरबाहीले देखाएको छ। त्यो संस्था हो तम्घास बृहत खानेपानी उपभोक्ता समिति ।

Advertisement

तम्घास बृहत खानेपानी उपभोक्ता सीमितले उपभोक्ताको स्वास्थ्यमा लापरवाही गरेको गुनासो आएको छ । प्रसङ्ग हो गणतन्त्र दिवसको अवसरमा रेसुङ्गा नगरपालिकाले ओख्रेनी पानीको मुहान सरसफाई कार्यक्रमको आयोजना गर्यो । अभियानसँगै त्यहाँ पुग्दा संस्थाकै एक जना उपभोक्तालाले दूषित मुहानका बारेमा चिन्ताव्यक्त गरे । सु्रुदेखि नै हामीले उठाएको विषय थियो तम्घास बृहत खानेपानी योजनाको मुहानसंगै फोहर मिल्काउने डम्पीङ्गसाईडको विषय। जहाँ काग र चराचुरुङ्गीले सिनोका टुक्राहरु बोकेर ल्याउँदा मुहानमा खस्थ्यो । उक्त समस्या सधानका लागि मुहानलाई छोप्नेगरी जस्ता पाताले छेकबार गर्ने काम भएको छ ।

मुहानमा पशुपन्छीले गर्ने फोहर बाहेक थप ठूलो चुनौती बनेर फोहर डम्पिङ साइड । मुहानको केही तल नाक छोपेर हिडनु पर्ने तम्घास बजारको दुर्गिन्धित डम्पिङ्गसाईड छ । यसैगरी मुहानको माथि समेत ढलनिकास भएका दुर्गधन्ति पानी मुहानसम्मै आउने समस्या ठूलो चुनौतीका रुपमा रहेको छ । मुहानमाथिको गाउँ उदिनढुङ्गा जिपपार्क र मिलनचोक बजार तर्फका वासीन्दाको टयाईलेट र बाथरुमबाट बगेर आउने ढलको पानी मुहानसम्मै आउने समस्या रहेको छ ।

यसरी ढलको पानी हिउँदमा मुहानसम्म आएर मिसिएको नदेखिए पनि वर्षायाममा भने भेलबग्दै सोही मुहानमा मिसिने गर्दछ । मुहानको उक्त सम्मया बारे जानकारी गराउँदै उपभोक्ता बाबुराम पन्थीले नगरप्रमुख खिलध्वज पन्थीलाई सधानका लागि आग्रह गरेका थिए । मेयर पन्थीले जवाफमा हालसम्म सम्बन्धित खानेपानी उपभोक्ता समितिले ख्याल नगरेकोप्रति आश्चार्या व्यक्त गरे । उनले उक्त समस्या समाधानका लागि त्काल उपभोक्ता समितिलाई आग्रह गर्ने तथा आफ्नो तर्फबाट आवश्यक प्रक्रियाका लागि प्रतिवद्धता गरे ।

सोही क्रममा मेयर पन्थीलाई मुहान नजिकै रहेको दुर्गन्धित डम्पिङ्ग साईडको बारेमा पनि उपभोक्ताहरुले प्रश्न गरेका थिए । सो विषयमा उनले डम्पिङसाइडका लागि जग्गा खोजि भैरहेको उल्लेख गरे । खानेपानी संस्थाका अध्यक्ष राजेन्द्र प्रशाद श्रेष्ठले भने ठल व्यवस्थापनको जिम्मेवारी नगरपालिकाको भएको उल्लेख गरे । मुहान नजिक रहेको ढल व्यवस्थापनका लागि पटक–पटक नगरपालिकालाई आग्रह गर्दा पनि बेवास्ता भएको उनको गुनासो छ । उनले मुहानको यही अवस्था रहेमा पानीकै कारण हैजा लगायतका महामारी आउनेमा चिन्ता व्यक्त गरे । मुहानको सरसफाई र सुरक्षाका लागि आफूहरुले विगत ७÷८ वर्षअघिदेखिनै आवाज उठाउँदै आएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले नगरपालिकाले समस्याको सुनुवाई गर्नुपर्नेमा जोड दिन्छन् ।

वि.स. २०२४ सालमा २१ धारा सन्चालन गरि गठन भएको खानेपनी उपभोक्ता समितिमा हाल ८१६ धाराबाट ११ हजार नगरबासी उपभोक्ताले पानी पिउने गरेका छन् । लामो समय अध्यक्ष रहेका काङ्ग्रेस नेता तथा साबिक तम्घास गाबिसका अध्यक्ष भुवन प्रसाद श्रेष्ठको नेतृत्वमा उक्त समितिले जिल्लामै पहिलो पटक लिफ्टिङ सिस्टममा पानी तानेर उपभोक्तालाई वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ