६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

गुल्मी । आर्थिक वर्ष २०८०/०८१ का लागि विभिन्न शिर्षकको अनुदान बजेटमध्ये गुल्मीका १० वटा गाउँपालिहरुमा धुर्कोट अहिले पनि बढी बजेट पाउने गाउँपालिकामा बनेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेकोबजेटमा स्थानीयतहलाई छुट्टाइएको बजेट बिवरण हेर्दा धुर्कोट जिल्लामै बढी बजेट पाउनेमा परेको हो।

Advertisement

कार्य सम्पादन मुल्यांकनमा हरेक वर्ष अगाडि रहँदै आएको धुर्कोटले ४० करोड २६ लाख अनुदान बजेट पाएको छ । दोस्रो ठूलो बजेट सत्यवती गाउँपालिकामा ४० करोड ३ लाख परेकोछ । गाउँपालिकाहरुमा सबै भन्दा कम फेरि पनि इस्मा गाउँपालिका मै परेको छ। उसलाई जम्मा ३२ करोड ४ लाख बजेट अनुदान प्राप्त भएको हो । गत आर्थिक वर्षमा पनि संघबाट कम बजेट परेको गुनासो इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्काले गरेका थिए ।

दुई नगरपालिका मध्ये मुसिकोट नगरपालिका अगाडि छ । उसले ४७ करोड ५६ लाख बजेट पाउँदा सदरमुकामको रेसुङ्गा नगरपालिकाले भने मुसिकोटभन्दा झन्डै ८ करोड कमि अर्थात ३९ करोड ६५ लाख बजेट पाएकोछ ।

त्यस्तै रुरुक्षेत्रले ३६ करोड ३६ लाख, छत्रकोटले ३९ करोड ३८ लाख, गुल्मीदरवारले ३२ करोड २१ लाख, मदानेले ३३ करोड ६३ लाख र मालिकाले ३८ करोड ४२ लाख विभिन्न शिर्षकको अनुदान र सशर्त बजेट पाएको छ ।

कार्य सम्पादन मुल्यांकनका अलवा जनसंख्याका आधारमा पनि स्थानीय तहमा बजेट बिनियोजन हुने धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलको भनाइ छ।

प्रतिकृया दिनुहोस्

Flash News

देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता