ताजा अपडेट »

संघीय बजेट रुपन्देहीमा सबैभन्दा बढी तिलोत्तमालाई, कुन पालिकामा कति ? (विवरणसहित)

मंगलबार, १६ जेठ २०८०, १८ : ०९
10 Shares

बुटवल । सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेतमा स्थानीय तहलाई अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत कुल २ खर्ब, ९५ अर्ब, २ करोड २ लाख विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय तहका लागि वित्तीय समानिकरण अनुदानतर्फ ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन गरेका छन् भने सशर्त अनुदानतर्फ १ खर्ब ९१ अर्ब ८९ करोड ४७ लाख विनियोजन गरेका छन् । यसैगरी ७ अर्ब ४ करोड ५७ लाख तथा विशेष अनुदान तर्फ ८ अर्ब ७२ करोड ६९ लाख विनियोजन गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ को प्रस्तुत बजेटमा रुपन्देहीका १६ वटा पालिकाले कूल ७ खर्ब, २६ अर्ब ७ करोड बजेट अनुदान प्राप्त गरेका छन् । संघीय सरकारबाट बजेट अनुदान पाउनेमा तिलोत्तमा नगरपालिका जिल्लाको पहिलो बनेको छ । उसले कूल १ अर्ब १७ करोड ८० लाख बजेट अनुदान प्राप्त गर्दा सबैभन्दा बढी सशर्त अनुदानतर्फ ९२ करोड ४० लाख प्राप्त गरेको हो । यसैगरी समानिकरणतर्फ २२ करोड ९० लाख, विशेष अनुदान २ करोड र समपुरक अनुदान ५० लाख प्राप्त गरेको हो । तिलोत्तमाले चालूतर्फ ६७ करोड ३१ लाख अनुदान प्राप्त गरेको हो भने पूँजीगततर्फ ५० करोड ४९ लाख अनुदान प्राप्त गरेको हो ।

बुटवल उपमहानगरपालिकाले कूल ८० करोड ८९ लाख बजेट अनुदान प्राप्त गरेको छ । जस अन्तरगत सशर्त अनुदानतर्फ तिलोत्तमा नगरपालिकालेभन्दा कम बजेट प्राप्त गरेको हो । उक्त शिर्षक अन्तरगत बुटवलले ४७ करोड ९२ लाख बजेट अनुदान पाएको हो । यसैगरी समानीकरणतmर्प ३० करोड १७ लाख, विशेष अनुदान २ करोड र समपुरक अनुदान ८० लाख प्राप्त गरेको छ । बुटवल उपमहानगरले चालुतर्फ ८६ करोड ९ लाख अनुदान प्राप्त गर्दा पूँजीगतर्फ ४ करोड ८० लाख मात्रै अनुदान प्राप्त गरेको हो ।

यसैगरी देवदह नगरपालिकाले चालूतर्फ ४२ करोड ८४ लाख तथा पूँजीगततर्फ ४ करोड ११ लाख गरी कूल ४६ करोड ९५ लाख अनुदान प्राप्त गरेको छ । उसले समानीकरणतर्फ १५ करोड १५ लाख, सशर्त अनुदान ३० करोड ४० लाख, विशेष अनुदान ९० लाख र समपुरक अनुदान ५० लाख प्राप्त गरेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाले कूल ५४ करोड ८ लाख बजेट अनुदान मध्ये चालूतर्फ ५१ करोड ५३ लाख र पूँजीगततर्फ २ करोड ५५ लाख प्राप्त गरेको हो । उक्त नगरपालिकाले समानीकरण अनुदान अन्तरतग १७ करोड ३१ लाख, सशर्त अनुदानतर्फ ३४ करोड ३२ लाख, विशेष अनुदान १ करोड १५ लाख र समपुरक अनुदान १ करोड ३० लाख प्राप्त गरेको छ ।

सिद्धार्थनगर नगरपालिकाले चालूतर्फ ४५ करोड ४७ लाख तथा पूँजीगततर्फ २ करोड ५६ लाख गरी कूल ४८ करोड १३ लाख बजेट अनुदान प्राप्त गरेको छ । उक्त नगरपालिकाले समानीकरण अन्तरगत १७ करोड ८९ लाख, सशर्त अनुदानतर्फ २८ करोड ५४ लाख, विशेष अनुदान ९० लाख र समपुरक अनुदान ८० लाख प्राप्त गरेको छ ।

सैनामैना नगरपालिकाले ४३ करोड ५७ लाख कूल बजेट अनुदान मध्ये चालूतर्फ ३८ करोड १७ लाख तथा पूँजीगत तर्फ ५ करोड ४० लाख प्राप्त गरेको हो । उक्त नगरपालिकाले सम्मानीकरण अनुदानतर्फ १२ करोड १७ लाख, सशर्त अनुदान तर्फ २८ करोड ४० लाख, विशेष अनुदान २ करोड २५ लाख र समपुरक अनुदान ७५ लाख प्राप्त गरेको छ ।

यसैगरी गाउँपालितर्फ ओमसतिया गाउँपालिकालाई २८ करोड ९० लाख, कञ्चन गाउँपालिकालाई ३४ करोड ५३ लाख, कोटहीमाई गाउँपालिकालाई ३० करोड ३७ लाख, गैडहवा गाउँपालिकालाई ३६ करोड ५१ लाख, मर्चवारीलाई ३० करोड ५० लाख तथा मायादेवी गाउँपालिकालाई ३५ करोड ७ लाख बजेट अनुदान प्राप्त भएको छ । यसैगरी गाउँपालिकालाई ३३ करोड ६९ लाख, सुद्धोधन गाउँपालिकालाई ३२ करोड ६ लाख, सम्मरीमाई गाउँपालिकालाई ३५ करोड ९ लाख तथा सियारी गाउँपालिकालाई ३८ करोड ३ लाख बजेट अनुदान प्राप्त भएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।