ताजा अपडेट »

यी हुन बजेटमा रुपन्देहीले पाएका प्राथमिकता

सोमबार, १५ जेठ २०८०, २१ : १०
10 Shares

बुटवल । सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा पूरानै योजनाहरुको निरन्तालाई प्राथमिकता दिएको छ । यहाँकँ ठूला योजनाहरुको सञ्चालन बाहेक अन्य नयाँ योजनाहरुलाई अर्थमन्त्री डा. प्रकाश शरण महतले समावेद गरेका छैनन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो ।
कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५‍.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ ।

सरकारले ल्याएको बजेटमा लुम्बिनी गुरुयोजनाको निरन्तरता, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थाल सञ्चालन, भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) लाई पूर्णता, बुटवल-नारायणगढ सडक स्तरोन्नतीको कामलाई निरन्तरता, करषाघाट कृषि उपज केन्द्र स्थापना तथा मोतिपुर औद्योगिक क्षेत्र निर्माण लगायतका विगतदेखिकै योजना बाहेक अन्य नयाँ योजना समेटिएको देखिएन । आज प्रस्तुत बजेटले  यहाँका लागि अन्य महत्वपूर्ण योजनाहरु सिद्धार्थ रंगशाला निर्माण, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम, कालिगण्डकी तिनाऊ बहुउद्देशीय आयोजना, ज्योतिनगर पहिरो नियन्त्रण, बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको असञ्चालन तथा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, यहाँको फोहर व्यवस्थापन, सैनामैनामा बन्दै गरेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, बुटवलका लागि झुम्साखोला खााेपानी लगायतका जनचासोसँग जोडिएका योजनालाई प्राथमिकता दिएको देखिएन ।  

यी हुन् सरकारको बजेटमा रुपन्देहीका प्राथमिकता

१. रुपन्देहीको कर्साघाटमा कृषि उपज निर्यात बजारको पूर्वाधार निर्माण सुरु गरिनेछ ।

२. मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्य शुरु गरिनेछ ।

३. भैरहवा विशेष आर्थिक क्षेत्र ( सेज ) लाई पूर्ण क्षमतामा सञ्चालन गरिनेछ ।

४. भैरहवाको एकिकृत जाँच चौकीको निर्माण कार्यलाई तिब्रता दिइनेछ ।

५. लुम्बिनी गुरुयोजनाका बाँकी कामलाई निरन्तरता दिइनेछ । बुद्धको जन्मस्थल र अन्य महत्वपूर्ण बौद्ध धार्मिक स्थलहरु समेटेर बुद्ध सर्किट विकास गरिनेछ ।

६. गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुने ब्यावस्था मिलाईनेछ । यहाँ बाट उडान गर्ने अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुलाई ग्राउण्ड ह्याण्डलिंग शुल्कमा सहुलयित दिइनेछ । बौद्धमार्गी लुम्बिनीसँग प्रत्यक्ष रुपमा दोडन थाइल्याण्ड, श्रीलंका, चीन भारत लगायतका राष्ट्र सँग गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सोझै उडान गर्ने व्यवस्था मिलाइनेछ ।

७. लुम्बिनी प्रदेशको बुटवलमा मेडिकल कलेज निर्माण कार्य अगाडी बढाउन रक़म बिनियोजन गरेको छु ।

८. रुपन्देहीको सालझण्डीमा नजिकको सरकारी अल्पतालसँगको समन्वयमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरि सञ्चालनमा ल्याइनेछ ।

९. लुम्बिनीमा एकिकृत खानेपानी खानेपानी तथा ढल व्यवस्थापनको कार्य सुरु गरिनेछ ।

१०. नारायणगढ बुटवल सडक खण्डको विस्तार तथा स्तरोन्नतीको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ ।

११. बुटवल गोरुसिंगे सडक खण्डको स्तरोन्नती सुरु गरिनेछ ।

१२. तिनाऊ नदीमा सिंग्नेचर पुल निर्माण सुरु गरिनेछ ।
१३. सिद्धबाबा सुरुंग मार्गको निर्माण कार्यलाई तीब्रता दिईनेछ ।

१४. बेलबिया-बुटवल ६ लेन सडक खण्डको बाँकी कार्य सम्पन्न गरिनेछ ।

१५. बुटवल-पाल्पा-पोखरा सडक खण्डको स्तरोन्नतीका लागि बजेट छुट्याएको छु ।

१६. लुम्बिनी कोरिडोरमा रहेका नगरपालिकाहरुमा एकिकृत शहरी पूर्वाधार निर्माण गर्न बजेट बिनियोजन गरेको छु ।

१७. बुटवलमा इन्टरनेट एक्सचेञ्ज निर्माणको संभाब्यता अध्ययन गरिनेछ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।