ताजा अपडेट »

वीर अस्पतालको बर्न युनिटलाई सुविधा सम्पन्न सेन्टर बनाइने, क्षयरोगी पहिचान गर्न १ अर्ब १५ करोड

सोमबार, १५ जेठ २०८०, १८ : ०२
8 Shares

काठमाडौं । सरकारले वीर अस्पतालको बर्न युनिटलाई सुविधा सम्पन्न सेन्टर बनाउने भएको छ । सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले वीर अस्पतालको बर्न युनिटलाई सुविधा सम्पन्न बनाएर सेन्टरको रुपमा रुपान्तरण गर्ने जानकारी दिए । यसका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले बताए । 

सरकारले क्षयरोगी पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउन बजेट विनियोजन गरेको छ । सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले क्षयरोगी पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउन १ अर्ब १५ करोड विनियोजन गरेको जानकारी दिए । क्षयरोगमुक्त नेपाल अभियानअन्तर्गत क्षयरोगीको पहिचना गरिने उनले जानकारी दिए ।
 


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।