ताजा अपडेट »

जग्गाको कित्ताकाट फुकुवा गरिने, ३ करोड घनमिटर काठ निर्यात गर्ने

सोमबार, १५ जेठ २०८०, १७ : २८
20 Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ । सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने जानकारी दिए । उनका अनुसार जग्गाको कित्ताकाट फुकुवा भएपछि घरजग्गाको कारोबार विस्तार हुने अपेक्षा गरिएको छ । 

यसैगरी सरकारले आगामी आर्थिक वर्ष ३ करोड घनमिटर काठ निर्यात गर्ने भएको छ । सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सामुदायिक र निजी वनबाट संकलन गरेर ३ करोड घनमिटर निर्यात गर्ने जानकारी दिएका हुन् । 
 


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।