ताजा अपडेट »

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने, रसायनिक मलका लागि ३० अर्ब अनुदान

सोमबार, १५ जेठ २०८०, १७ : २०
6 Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा गाँजा खेतीको सम्भाव्यताको अध्ययन गर्ने भएको छ । सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यताको अध्ययन गरिने जानकारी दिएका हुन् । 

यसैगरी रसायनिक मलका लागि ३० अर्ब बिनियोजन गरेका छन । आर्थिक बर्ष २०८० ८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले सो जानकारी दिएका हुन । उनले स्वदेशमा नै रसायनिक मल कारखाना खोल्नका लागि पहल गर्ने पनि जनाएका छन् ।मार्सिलगायतका चामलहरुको ब्रान्डिङ गरिने पनि उनले जनाएका छन् । 


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।