ताजा अपडेट »

सुनवलमा बाढीले डाइभर्सन बगायो : पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

विहीबार, ११ जेठ २०८०, २० : २०
8 Shares

परासी । पूर्वपश्चिम राजमार्ग अन्तरगत पश्चिम नवलपरासीको सुनवल-१ सोमनाथमा डाईभर्सन बगाउँदा बाटो अबरुद्ध भएको छ । विहिबार विहान ११ बजेदेखि परेको अविरल वर्षासंगै अन्दाजी सवा २ बजेतिर खोलामा पानीको वहावले डाईभर्सन बगाएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध भएपछि पूर्वपश्चिम चल्ने सवारी साधनहरु बैकल्पिक मार्गबाट पठाइएको प्रहरिले जनाएको छ । राजमार्गको बाटो प्रयोग गरी चल्ने सवारी साधनहरुलाई प्रहरीले सुनवलचोकबाट परासी हुँदै भूमही चोक आवत जावत गराएको जनाएको छ । पानीको बहाव नघटेसम्म डाईभर्सन बनाउन सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल