ताजा अपडेट »

बाटोमा भेटाएको ७० हजार फिर्ता गरे महाविर कुमालले

शुक्रबार, ०५ जेठ २०८०, १५ : ५७
18 Shares

बुटवल । ‘धन देख्दा महादेवको तीन नेत्र !’ नेपाली समाजमा प्रचलित यो उक्तिलाई उल्टाउँदै दाङका एक युवाले उदाहरणीय इमान्दारी देखाएका छन् । दाङको राप्ती गाउँपालिका–५ स्थायी घर भई हाल अर्घाखाँचीको सितगंगा नगरपालिकामा सडक निर्माणको काम गर्ने ३५ वर्षीय महाविर कुमालले आफुले भेटाएको नगद ७० हजार बढी रकमसहितको झोला सम्बन्धीत व्यक्तिलाई बोलाएर शुक्रबार फिर्ता गरे आफ्नो इमान्दारिता देखाएका छन् ।

झोलामा नगद ७० हजार, बैङ्कहरुका चेक, बिल बुक र कपडा रहेका थिए । जेठ २ गते शितगंगा नगरपालिका ६ दाङसिङ्गदेखि गच्छे भालुवाङ र पतञ्जली मार्गबाट ठाडा अमराई हुँदै बाइकमा बुटवल आउने क्रममा कपिलबस्तुका विनय खनालको झोला बाटोमा खसेको थियो । उनको झोला सितगंगा नगरपालिका –३ स्थित पोखेडाँडामा खसेको थियो ।

खसेको सो झोला सडक निर्माणको काम गर्ने मजदुर कुमालले भेटाएको जानकारी आफु्ना ठेक्कदारलाई गराई सम्बन्धीत व्यक्तिलाई सम्पर्क गर्न भनेका थिए । ‘ म भेटाउँदा वित्तिकै सम्बन्धीत व्यक्तिलाई दिनलाई सम्पर्क गर्न खोजेको थिए तर मलाई त्यति लेख्न पढ्न आउँदैन् । भेटाएको दिन ठेक्कदार साव पनि हुनु हुन्थ्यो । हिजो आउनु भयो । अनि सम्बन्धीत व्यक्तिलाई सम्पर्क गरिदिनुहोस् म फिर्ता गर्छु भनेको थिए ।’– उनले भने ।

भेट्टाएको पैसाले जीवन चल्दैन भनेर आफुले सम्बन्धीत व्यक्तिलाई नै फिर्ता गरेको बताए । ‘भेट्टाएको पैसा हराउने व्यक्तिलाई हस्तान्तरण गर्न पाउँदा आनन्द महसुस भएको छ’, कुमालले पैसा फिर्ता गरेपछि भने, ‘भेट्टाएको पैसाले जीवन चल्दैन भनेर फिर्ता गरेका हौं। आफैंले परिश्रम गरेर परिवार चलाइरहेको छु । भेटाएको पैसा कति दिनलाई नै हुन्छ र?।’ हराएको पैसासहितको झोला भेटाएर दिने कुमाललाई पुरस्कार स्वरुप २० हजार पाएका छन् ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।