ताजा अपडेट »

नेता तथा कार्यकर्ताको सुझाब : 'काँग्रेसमा रुपान्तरणको खाँचो'

सोमबार, ०१ जेठ २०८०, १८ : ४८
12 Shares
सोमबार, ०१ जेठ २०८०
12 Shares

बुटवल । नेपाली कांग्रेस पार्टीलाई सुधार गर्दै सबैको रोजाईएको पार्टी बनाउनका लागि रुपान्त्रणको खाँचो रहेको औल्याईएको छ । नेपाली कांगे्रस रुपान्त्रण अभियानले रुपन्देहीको भैरहवामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले पार्टि नेतृत्वको गलत कार्यशैलीका कारण पार्टि कमजोर बनेको उल्लेख गर्दै रुपान्त्रणको खाँचो रहेको औल्याएका हुन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले कांग्रेसलाई रुपान्त्रण गर्दै नयाँ कांग्रेस बनाउन तर्फ लाग्नु पर्नेमा जोड दिए । उनीहरुले भ्रष्टाचारमा मुछिएका कुनै पनि नेतालाई उम्कन दिन नहुने बताउदै भ्रष्टाचारीको विषयमा कोहि पनि उदार हुन जरुरी नभएको बताए । बर्तमान पार्टी नेतृत्वको असक्षमताका कारण पार्टीले लय समात्न नसकेको बताउँदै उनीहरुले युवा नेतृत्वले हस्तक्षेप गरेरै भएपनि पार्टी नेतृत्वमा जानु पर्नेमा जोड दिए । कार्यक्रममा सहभागि कांगे्रसका सुभेच्छुक नेता तथा कार्यकर्ताले नीति महाधिवेशन तथा विषेश महाधिवेशन बोलाएरै भएपनि पार्टीलाई जोगाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य मधु आर्चाय, डा. गोबिन्द पोखरेल, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पुर्व केन्द्रिय सदस्य गुरु घिमिरे, युवा नेता भुपेन्द्रजंग शाही, लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाल, पाल्पा सभापति बिरबहादुर राना, रुपन्देही उपसभापति थानेश्वर घिमिरे, कांग्रेस नेताहरु फकरुद्धिन खान, रमा अर्याल लगाएतले बोल्दै पार्टिलाई कुनै नेताको नीजि मामिला, घरेलु मामिला हुन दिनबाट जोगाउदै साझा मामिला बनाउनु पर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।