ताजा अपडेट »

राप्रपाले भ्रष्टाचारविरुद्ध देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

शुक्रबार, २९ बैशाख २०८०, १२ : २०
6 Shares

काठमाडौं । राप्रपाले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध देशभरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ । देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री प्रचचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध शुक्रबार दिउँसो १ बजे ज्ञापनपत्र बुझाउन लागिएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन संयोजक तथा अधिवक्ता सुजित केसीले जानकारी दिए । 

अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले भने प्रधानमन्त्री प्रचण्डलाई नै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपा प्रवक्ता ज्ञानेन्द्रबहादुरी शाहीले जानकारी दिए । संगठित भ्रष्टाचारविरुद्धको कार्यक्रममा सहभागी हुन सबैमा आह्वान गरेको राप्रपाले केही दिनअघि प्रतिनिधिसभा बैठकमा पनि भ्रष्टाचारविरुद्ध जोडदार आवाज उठाएको थियो । 

नक्कली भुटानी शरणार्थी प्रकरणबारे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्न समय मागेका थिए । तर, सभामुख देवराज घिमिरेले नदिएपछि राप्रपाका सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेरेका थिए । सदनदेखि सडकसम्म भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गरेका राप्रपा अध्यक्ष लिङ्देनले ‘भ्रष्टाचार गर्नु  आमाको रगत खानुसरह हो’ भन्दै आएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।